Search
Close this search box.
Search
Close this search box.

बंगलादेशमा बलात्कारको मुद्दामा पाँच जनालाई मृत्युदण्डको फैसला

२९ असोज, काठमाडौं । बंगलादेशको अदालतले बिहीबार सन् २०१२ मा भएको एक सामूहिक बलात्कारको घटनामा पाँच जनालाई मृत्युदण्डको फैसला सुनाएको छ । बंगलादेशमा बलात्कारको र लैङ्गिक हिंसाको विरुद्धमा आवाज उठिरहेको समयमा अदालतले १५ वर्षीया बालिकामाथि भएको सामूहिक कलात्कारका दोषीहरुलाई मृत्युदण्डको फैसला सुनाएको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार महिला तथा बालबालिकामाथि हुने दुर्व्यवहारका घटना सुल्झाउन गठित विशेष अदालतले बिहीबार उत्तरी जिल्ला टाङ्गिलबाइमा यो फैसला सुनाएको हो ।

अभियोजनकर्ता नसिम अहमदका अनुसार पीडित बालिकाको केटा साथीले उनलाई खोला नजिकैको क्षेत्रमा लिएर गएका थिए । जहाँ पीडितको साथी र अरु दुई जनाले बलात्कार गरेका थिए । यो घटनामा अन्य दुई जना युवकले पनि सघाएका थिए । यो घटनामा पाँचै जनालाई अदालतले दोषी रहेको ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको हो ।

बंगलदेशमा बलात्कारको मुद्दामा मृत्युदण्डको व्यवस्था गरिएपछिको यो पहिलो फैसला हो । गत साता बंगलादेशमा एक सामूहिक बलात्कारको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेसँगै बंगलादेशभर विरोध प्रदर्शन भएको थियो । प्रदर्शनले ठूलो रुप लिएपछि सरकारले बलात्कारको मुद्दामा मृत्युदण्डको व्यवस्था गर्ने गरी कानुन संशोधन गरेको थियो ।

Source: Online Khabar

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *