Search
Close this search box.
Search
Close this search box.

बकैया गाउँपालिकामा ल्होसारको ३ दिन बिदा

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले सोनाम ल्होसार पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँ कार्यपालिकाको बैठकले यही माघ २८, २९ र ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले जानकारी दिए ।

ल्होसार पर्व माघ ३० गते परेको छ । सोनाम ल्होसारलाई नयाँ वर्षको रुपमा तामाङ, हृयोल्मोलगायतका हिमाली समुदायले मनाउने गर्दछन् । केन्द्र सरकारले भने माघ ३० गते एक दिनमात्रै देशभर ल्होसारको सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यसैबीच बकैया गाउँपालिकाले यही माघ २९ गते गाउँपालिकालाई बालमैत्री स्थानीय तह घोषणा गर्ने निर्णय पनि गरेको छ । घोषणासभा गाउँपालिकाको वडा नं। ४ स्थित जुरेली खेल मैदानमा हुने छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *