Search
Close this search box.
Search
Close this search box.

बञ्‍चरो प्रहारबाट महिलाको मृत्यु

सिन्धुली । हरिहरपुरगढी गाउँपालिका–१ चिसापानीमा श्रीमानले श्रीमतीलाई बन्चरो प्रहार गर्दा महिलाको मृत्यु भएको छ । चिसापानी बस्‍ने ३६ वर्षीया रमामाया घलानलाई ४० वर्षीय शेरबहादुर भुजेलले बन्चरोले हिर्काउँदा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी श्यामबहादुर खत्रीले दिएको जानकारीअनुसार शुक्रबार राति शेरबहादुरले रमामायालाई बन्चरोको पासोले टाउकोमा हिर्काएका थिए ।

श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी रमामायालाई उपचारका लागि जिल्ला अस्पताल हेटौडा मकवानपुर लगिएको थियो । उनको उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बन्चरो प्रहार गर्ने भुजेल घटनापछि फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *