बुद्धशान्ति(झापा) । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका झापा बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेश कुमार भूजेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
अध्यक्ष भुजेल केहीदिन देखि अस्वस्थ्य भई ज्वरो आउने र घाँटी दुख्ने समस्या भएपछि बिर्तामोडको एक अस्पताल पुगेका थिए । अस्पतालमा एक्सरे गर्दा छातीको संक्रमण देखिएकाले आइतबार त्यहाँबाट नोबेल हस्पिटल रिफर गरिएको थियो ।
नोबेलमा उपचार पछि केहि सुधार भएको बताइएता पनि मंगलबार उनको पिसिआर रिपोर्ट पोजिटिभ आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईले बताएका छन् ।
गाउँपालिका अध्यक्ष भुजेलले आफुलाई कोरोना लागेपनी गाउँपालिकाबासीलाई सतर्क रहन अपिल गरे । उनले कोरोनालाई जितेर पुनः जनताको सेवामा फर्किने समेत बताएका छन् ।