काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो प्रशासनको पहिलो १०० दिनमा २० करोडलाई कोरोनाभाइरसको खोप दिने बाचा गरेका छन् ।
ह्वाइट हाउसको पहिलो पत्रकार सम्मेलनमा बाइडनले कोभिडसँगको सामनापछिका आफ्ना प्राथमिकताबारे पनि बताए। बाइडनले भने, ‘आज म आफ्नो दोस्रो लक्ष्य तय गर्छु। हामी हाम्रो पहिलो १०० दिनमा २० करोड मानिसलाई खोप दिन्छौं।’