बर्दिया । बर्दियामा नरभक्क्षीमा बाघको आक्रमणमा परि दुई जना पुरुषको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय कोरीडोरमा पर्ने नेपाल-भारत सीमा क्षेत्र नजिकै मधुवन नगरपालिका वडा नं. ३ बस्ने अन्दाजी २५–२६ वर्षका दिनेश थारु र रमेश चौधरीको नरभक्क्षी बाघको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार रजौरेले जानकारी गराए।
गत महिनाभित्र नरभक्क्षी बाघले बर्दियामा ५ जनाको मृत्यु लिईसकेको छ। जसमध्ये हालसम्म नरभक्क्षी बाघको आक्रमणबाट मृत्यु हुने २ जना बालक, एकजना महिला र २ जना पुरुष रहेका छन्।