Search
Close this search box.
Search
Close this search box.

बाबुराम भट्टराई नयाँदिल्ली प्रस्थान

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् । उनी नेपाल वायुसेवाको विमानबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

डा. भट्टराई स्वास्थ्य उपचारका लागि नयाँदिल्ली गएको उनको सचिवालयले जनाएको छ । लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका भट्टराई पेट सम्बन्धी समस्याबाट पीडित छन् ।

अहिले चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरेकाले डा भट्टराई उपचारका लागि दिल्ली गएका हुन् ।

उनको त्यहाँ ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा उपचार हुने सचिवालयले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *