बालुवाटारमा सर्वदलीय बैठक सुरू

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठक बालुवाटारमा सुरू भएको छ।

EPIC

बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको सहभागिता रहेको छ।

प्रधानमन्त्रीले बैठकको सुरू मै नेताहरूलाई स्वागत गर्दै छलफल आयोजना गर्नुपर्ने उद्देश्यमाथि प्रकाश पारेका थिए।

उनले कोभिड- १९ को नियन्त्रण, प्राप्त उपलब्धिहरूको रक्षा, संविधानविरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा एकजुट हुन सबैमा आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

EPIC EPIC EPIC

बैठकमा पछिल्लो समयमा राजतन्त्रको मागसहित सडकमा भइरहेको प्रदर्शन, कोरोना महामारीविरुद्धको लडाइँलगायतको विषयमा छलफल भइरहेको बताइएको छ।

EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar