Search
Close this search box.
Search
Close this search box.

बिपी प्रतिष्ठानको बसले ठक्कर दिंदा कर्मचारीको मृत्यु, एक घाइते

धरान। धरानस्थित जिरोपोइन्टमा बिपी प्रतिष्ठानको बसले ठक्कर दिंदा प्रतिष्ठानकै कर्मचारीको मृत्यु भएको छ। एकजनाको भने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित एमर्जेन्सीमा उपचार भइरहेको छ ।

जिरो पोइन्टस्थित स्टेडियम टर्निङमा बिपी प्रतिष्ठानकै को १ क ११५९ नम्बरको बसले प्रतिष्ठानमा कार्यरत कर्मचारी प्रभु चौधरी र अमरिता लिम्बू सवार प्रदेश १ ०-०२-०५२ प १९५२ नम्बरको स्कुटीलाई ठक्कर दिंदा स्कुटीमा सवार अमरिताको घटनास्थलमै मृत्यु भएको प्रतिष्ठानका नर्सिङ प्रोफेसर उपेन्द्र यादवले जानकारी दिए ।

EPIC EPIC EPIC

चौधरी र लिम्बू श्रीमान् श्रीमती रहेको बताइएको छ । पर्सा जिल्ला भवानीपुर गाउँपालिका घर भएका उनीहरु प्रतिष्ठानमा सहयोगी र सरसफाइकर्मीका रुपमा कार्यरत रहेको बताइएको छ । 

आज प्रतिष्ठानको ३० औं स्थापना दिवसको अवसरमा ‘रन द माइल्स फिल द स्माइल’ कार्यक्रम अन्तर्गत चिकित्सक कर्मचारीद्वारा आयोजित प्रतिष्ठानको जिओपिडीदेखि फुस्रे हुँदै  प्रतिष्ठानसम्मको म्याराथनमा सहभागीलाई पुर्याएर फर्कंदै गरेको प्रतिष्ठानको बसले कार्यक्रममा सहभागी कर्मचारीलाई नै ठक्कर दिएको हो ।

घटनास्थलमा रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालयका असई वीरबहादुर कार्कीले दुर्घटनाबारे अनुसन्धान भइरहेको बताए । बसको ठक्करले को १ च ८१०८ नम्बरको भ्यानमा समेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *