Search
Close this search box.
Search
Close this search box.

बिहीबार यसवर्षकै बढी गर्मी मापन


काठमाडौं। धनगढीको तापक्रम बिहीबार यस वर्षको हालसम्मकै सबैभन्दा उच्च बिन्दुमा उक्लियो । जल तथा मौसम विज्ञान विभागका अनुसार धनगढीमा बिहीबारको अधिकतम तापक्रम ४४।१ डिग्री सेल्सियस पुगेको थियो । जुन देशभरिमा यस वर्षको हालसम्मकै अधिकतम तापक्रम मापन भएको हो ।

न्यूनतम तापक्रम ३०.२ डिग्री सेल्सियस थियो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार यसअघि सबैभन्दा धेरै ४३।६ डिग्री सेल्सियस तापक्रम भैरहवामा मापन भएको थियो । काठमाडौंको तापक्रम गत शनिबार र बिहीबार ३४ डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । बिहीबार यस वर्षकै धेरै गर्मी महसुस गरिएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *