Search
Close this search box.
Search
Close this search box.

कोरोना संक्रमित १० वर्ष मुनिका बालबालिकाको संख्या ४८४०, कुन जिल्लामा कति ?

काठमाडौं/स्वास्थ्य मन्त्रालयले प्रस्तुत गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा १० वर्ष मुनिका १ सयभन्दा बढी बालबालिका कोरोना भाइरसबाट संक्रमित भए।

२ हजार ९ सय ३३ जना नयाँ संक्रमित पुष्टि हुँदा १० वर्ष मुनिका बालबालिका मात्र १०७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अहले संक्रमित हुने १० वर्ष मुनिका बालबालिकाको संख्या ४ हजार ८ सय ४० पुगेको छ। तीमध्ये एक हजार ९ सय ७६ जना बालिका रहेका छन् भने २ हजार ८ सय ६४ जना बालक रहेको मन्त्रालयले जनाएको छ।

सबैभन्दा बढी बागमती प्रदेशमा २ हजार ३ सय ११ जना १० वर्ष मुनिका बालबालिका संक्रमित भएका छन्। त्यस्तै प्रदेश २ मा ४२४, प्रदेश ५ मा ५२६, कर्णाली प्रदेशमा २०६, प्रदेश १ मा ४६२, सुदूरपश्चिम प्रदेशमा ७ सय १२ जना र सबैभन्दा थोरै गण्डकी प्रदेशमा १९९ जना, बालबालिका संक्रमित भएको मन्त्रालयले जनाएको छ। ताप्लेजुङ, सोलुखुम्बु, भोजपुर, तेह्रथुम, पाँचथर, मनाङ, मुस्ताङ गरी ७ जिल्लामा अहिलेसम्म १० वर्ष मुनिका बालबालिकामा संक्रमण देखिएको छैन।

१० वर्ष मुनिका संक्रमित बालबालिका, कुन जिल्लामा कति ?
संखुवासभा– १ जना बालिका र २ बालक
ओखलढुंगा– १ बालिका
खोटाङ– २ बालिका १ बालक
भोजपुर– १ बालिका
धनकुटा– १ बालक
इलाम– ५ बालिका र १ बालक
झापा– १० बालिका र २० बालक
मोरङ– ११८ बालिका र १५८ बालक
सुनसरी– ६४ बालिका र ७३ बालक
उदयपुर– ३ बालिका १ जना बालक
सप्तरी– १८ बालिका र ४६ बालक
सिरह– ३ बालिका र १४ बालक
धनुषा– १७ बालिका र ४१ बालक
महोत्तरी– ९ बालिका ३१ बालक
सर्लाही– २६ बालिका र ३२ बालक
रौतहट– २९ बालिका र ४४ बालक
बारा– १९ बालिका र २३ बालक
पर्सा– ३२ बालिका र ३० बालक
दोलखा– १० बालिका र ४ बालक
सिन्धुपाल्चोक– ४ बालिका र ३ बालक
रसुवा– १ बालिका
धादिङ– ९ बालिका ११ बालक
नुवाकोट– ६ बालिका र १४ बालक
काठमाडौं– ६३८ बालिका र ९४२ बालक
भक्तपुर– ७२ बालिका र ११८ बालक
ललितपुर– १०१ बालिका र १५१ बालक
काभ्रेपलान्चोक– २६ बालिका र २४ बालक
रामेछाप– ५ बालक
सिन्धुली– ४ बालिका र ३ बालक
मकवानपुर– २५ बालिका र ३७ बालक
चितवन– २७ बालिका र ७६ बालक
गोरखा– १६ बालिका र ११ बालक
म्याग्दी– १ बालिका २ बालक।
कास्की– २२ बालिका २४ बालक
लमजुङ– ६ बालिका र ९ बालक
तनहुँ– १२ बालिका र १२ बालक
नवलपरासी पूर्व– २० र बालिका ३७ बालक
स्याङ्जा– ४ बालिका र १३ बालक
पर्वत– ३ जना बालक
बाग्लुङ– १ बालिका र ६ जना बालक
रुकुम पूर्व– १ बालक
रोल्पा– २ बालिका र १ बालक
प्युठान– १४ बालिका र १३ बालक
गुल्मी– १३ बालिका र १२ बालक
अर्घाखाँची– ११ बालिका र १५ बालक
पाल्पा– १३ बालिका र १० बालक
नवलपरासी पश्चिम– १२ बालिका र १७ बालक
रुपन्देही– ८२ बालिका र ९५ बालक
कपिलवस्तु– २३ बालिका र ३० बालक
दाङ– २५ बालिका र २१ बालक
बाँके– ४० बालिका र ४१ बालक
बर्दिया– १४ बालिका र १९ बालक
डोल्पा– २ जना बालक
मुगु– २ जना बालक
हुम्ला– १ जना बालक
जुम्ला– ३ बालिका र ३ बालक
कालिकोट– ३ बालिका र १२ बालक
दैलेख– ११ बालिका र ४६ बालक
जाजरकोट– ३ बालिका र १ बालक
रुकुम पश्चिम– ३ बालिका र २ जना बालक
सल्यान– ६ बालिका र १५ बालक
सुर्खेत– ४२ बालिका र ५१ बालक
बाजुरा– ३२ बालिका र ३२ बालक
बझाङ– ३२ बालिका र ५३ बालक
दार्चुला– ५ बालिका ३ बालक
बैतडी– १० बालिका र १२ बालक
डडेल्धुरा– ७ बालिका र १६ बालक
डोटी– ६४ बालिका र ८६ बालक
अछाम– ४१ बालिका र ७८ बालक
कैलाली– ७६ बालिका र ११४ बालक
कञ्चनपुर– २५ बालिका र २६ बालक
स्वास्थ्यखबर

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *