बुद्धशान्तिको एसइई नतिजा : सामुदायिक विद्यालयको खस्कँदो अवस्था

बुद्धशान्ति(पालिका सन्देश) । एसईई २०८२ को नतिजा सार्वजनिक भएको छ । नतिजा सार्वजनिक भएसंगै झापाका पालिकाहरुले पनि आफ्नो पालिका भित्रका विद्यालयहरुको नतिजा सार्वजनिक गर्दै आएका छन् । यता झापाकोे बुद्धशान्ति गाउँपालिकाले पनि आफ्नो पालिका भित्रका विद्यालयहरुको नतिजा सार्वजनिक गरेको छ ।

गाउँपालिका शिक्षा शाखा प्रमुख कमल निरौलाले हस्ताक्षर गरी सार्वजनिक गरेको नतिजा अनुसार गाउँपालिका भित्रका १९ वटा विद्यालयका विद्यार्थीहरुले एसईई दिएका थिए । जसमा सामुदायिक विद्यालय भन्दा संस्थागत विद्यालयहरूले नतिजा उत्साहजनक ल्याएको देखिन्छ ।

EPIC EPIC EPIC

सामुदायिक विद्यालयतर्फ ८ वटा विद्यालयबाट कुल ४४७ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए। तीमध्ये २१३ जना मात्र उत्तीर्ण भएका छन्। यस समूहको उत्तीर्ण प्रतिशत ४७।६५ रहेको छ भने २३४ जना विद्यार्थी ‘नट ग्रेडेड’ भएका छन्।

सामुदायिक विद्यालयमध्ये गडिगाउँ माध्यमिक विद्यालय ले उत्कृष्ट नतिजा निकाल्दै ७३।८१ प्रतिशत उत्तीर्ण गराउन सफल भएको छ। यद्यपि विद्यार्थी संख्या सबैभन्दा धेरै रहेको बुद्ध आदर्श माध्यमिक विद्यालय मा १६५ विद्यार्थीमध्ये ९० जना मात्र उत्तीर्ण भएका छन्, जसको उत्तीर्ण प्रतिशत ५४।५५ रहेको छ।

संस्थागत विद्यालयतर्फ भने नतिजा निकै प्रभावशाली देखिएको छ। ११ वटा संस्थागत विद्यालयबाट ३२० जना विद्यार्थी सहभागी भएकोमा २२६ जना उत्तीर्ण भएका छन्। संस्थागत विद्यालयको समग्र उत्तीर्ण प्रतिशत ७०।६२ रहेको छ।

यसतर्फ एरा एभर ग्रीन स्कूल गाउँपालिकाकै उत्कृष्ट विद्यालय बनेको छ। विद्यालयका ५५ जना विद्यार्थीमध्ये ५१ जना उत्तीर्ण भएका छन्, जसको उत्तीर्ण प्रतिशत ९२।७३ रहेको छ। त्यसैगरी जयपुर इङ्लिस बोर्डिङ स्कूल ले पनि ९२।८५ प्रतिशत नतिजा निकाल्दै उत्कृष्ट प्रदर्शन गरेको छ।

उच्च ल्याउने विद्यार्थीको संख्यामा पनि संस्थागत विद्यालयकै दबदबा देखिएको छ। ३।६० देखि ४।०० न्एब् ल्याउने कुल ५७ विद्यार्थीमध्ये ३६ जना संस्थागत विद्यालयका रहेका छन् भने सामुदायिक विद्यालयबाट २१ जना विद्यार्थीले उक्त सफलता हासिल गरेका छन्। गाउँपालिकाको समग्र एसईई उत्तीर्ण प्रतिशत ५७।२४ रहेको छ।

file photo

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च