Search
Close this search box.
Search
Close this search box.

बुधबारे जेसीजद्धारा विद्यालयका ७५० छात्रा र शिक्षिकालाई कन्चन सेनेटरी प्याड वितरण

बुधबारे, जनवरी २८, माघ १५ । बुधबारे जेसीजले विहिबार बुद्धशान्ति गाउँपालिकाका ६ वटा संस्थागत विद्यालयका ७ सय ५० छात्रा तथा शिक्षिकालाई झापाको बिर्तामोडमा उत्पादन हुने कन्चन सेनेटरी प्याड वितरण गरेको छ ।

आहा स्कुल कार्यक्रम अन्तर्गत संस्थागत विद्यालयलाई सेनेटरी प्याड वितरण गरिएको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले बताउनु भएको छ ।

कञ्चनजंघा हस्पिटल इक्युपमेन्ट प्रालि विर्तामोडको सहयोगमा कर्णाली एजुकुशेन फाउन्डेसन, ज्योति अंग्रेजी मावि, मुनामदन एकाडेमी, एराएभर ग्रीन अंग्रेजी मावि, लिटिल स्टार अंग्रेजी मावि र एम्बिसन एकाडेमी बुद्धशान्तिका कक्षा ७ देखि माथिका विद्यार्थी तथा विद्यालयका शिक्षिकाहरुलाई कञ्चन सेनेटरी प्याड वितरण गरिएको कार्यक्रम संयोजक खेमराज नेपालले जानकारी दिनुभएको छ ।

कञ्चनजंघा हस्पिटल इक्युपमेन्ट प्रालि विर्तामोडका संचालकहरु गोपालराज कडरिया, कृष्णप्रसाद गौतम, धुर्बराज राई, राजकुमार थापा र बिनोद सङ्गाैलाले उद्योग संचालन गरेर कन्चन प्याड बजारमा ल्याएका हुन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *