Search
Close this search box.
Search
Close this search box.

बुधबारे जेसीजले लागुऔषध दुर्व्यसनी विरुद्धको अभियान बर्षभरि गर्ने

बुधबारे । बुधबारे जेसीजले लागुऔषध तथा दुव्यसनी विरुद्धको अभियान सुभारम्भ गरेको छ । शनिबार बुद्धशान्ति गाउँपालिकाको परिसरमा विशेष कार्यक्रमको आयोजना गरि अभियान सुभारम्भ गरिएका हो ।

बुधबारे जेसीजका सदस्य विनोद नेम्बाङको संयोजकत्व, बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको अध्यक्षता तथा बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईको प्रमुख आतिथ्यमा लागुऔषध तथा दुव्यसनी विरुद्धको अभियान सुभारम्भ गरिएको हो ।

संयोजक नेम्बाङले स्वागत मन्तव्य राखेको कार्यक्रममा कार्यक्रमको औचित्यमाथि अध्यक्ष वाग्लेले प्रकाश पारेका थिए । बुधबारे जेसीजका सदस्य दूर्योधनसिंह देवले जेसीज आस्था प्रस्तुत गरेको कार्यक्रममा प्रमुख अतिथि चापागाईले जेसीजले सुभारम्भ गरेको कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गरेका थिए । उनले बुद्धशान्ति गाउँपालिकाका तर्फबाट गर्न सक्ने सहयोगमा गाउँपालिका सदैव सकारात्मक रहेको भनाई राखे । त्यस्तै कार्यक्रमका विशेष अतिथि इलाका प्रहरी कार्यालय बुद्धशान्तिका प्रमुख निराजन कटवालले बुद्धशान्ति गाउँपालिका लागु औषध तथा दुव्र्यसनीको सिकार भएको परिपेक्षमा बुधबारे जेसीजले महत्वपूर्ण अभियान सुभारम्भ गरेको बताए । उनले इलाका प्रहरी कार्यालय बुद्धशान्तिले यस अभियानमा पूर्ण साथ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै अतिथि बुद्धआदर्श माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोरथ तिवारीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे । उनले विभिन्न फर्मुला अपनाएर युवा दुव्र्यसनीमा फँसेको बताउँदै सबैको साझा प्रयासले कुलतमा फँसेका तथा फँस्न लागेका युवालाई जोगाउनु पर्ने धारणा राखे । कार्यक्रममा बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीको विशेष आतिथ्यता थियो भने बुद्धआदर्श माविका शिक्षक नारायण चम्लगाई, बुधबारे जेसीजका निर्वतमान अध्यक्ष नन्दकुमार याफू राई, पूर्व अध्यक्षद्वय सेमन्त पोखरेल, रमेश बरालको आतिथ्यता थियो ।

गोकुल पौड्यालले सञ्चालन गरेको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, संघसंस्थाका प्रतिनिधि, जेसीजका पदाधिकारी सहित सरोकारवाला पक्षको सहभागिता थियो ।

लागुऔषध तथा दुव्र्यसनी विरुद्ध बुधबारे जेसीजद्वारा बुधबारे बजार परिक्रमा

बुद्धशान्तिमा लागुऔषध प्रयोगकर्ता बढ्न थालेपछि त्यसको न्युनिकरणका लागि शनिबार बुधबारे जेसीजले बृहत ¥याली सम्पन्न गरेको छ । करीव ३ सय बढीको सहभागिता रहेको ¥यालीमा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख सहित प्रहरीहरु, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, संघसंस्थाका प्रतिनिधि, बुधबारे जेसीजका पदाधिकारीको सहभागिता थियो ।

लागुऔषध तथा दुव्र्यसनी विरुद्धका सचेतना मूलक प्ले कार्डहरु सहितको ¥याली गरिएको थियो । बुद्धशान्ति गाउँपालिकाको परिषरबाट सुभारम्भ भएको ¥याली बुधबारे बजार परिक्रमा गर्दै पुनः सोहि ठाउँमा पुगेर अन्त्य भएको थियो ।

बुधबारे जेसीजले वर्ष २०२१ को पदहस्तान्तरण यता आधादर्जन बढी कार्यक्रम आयोजना गरिसकेको छ । जसमा जेसीजका युवालाई प्रि इन्डक्सन तालिम, लोपोन्मुख भाले जुधाई कार्यक्रम, जेसीजमा लागेका युवाहरुको व्यवसाय प्रवद्र्धन अन्तर्गत ‘जेसीको व्यवसाय प्रवद्र्धन कार्यक्रम’, आनन्देश्वर शिव मन्दिर गुरुकुल संस्कृत पाठशालाका विद्यार्थीहरुलाई गीताको किताव सहित सम्मान तथा खाद्यान्य वितरण, जाडोमा समस्या बेहोरिरहेका शान्तिनगर क्षेत्रका १६ अतिविपन्न विद्यार्थीलाई न्यानो कपडा सहित शैक्षिक सामग्री वितरण, बुद्धशान्तिका १५ अतिविपन्न जेष्ठ नागरिकलाई जुत्ता वितरण लगायतका कार्यक्रम आयोजना गरिसकेको छ ।

लागुऔषध तथा दुव्र्यसनी विरुद्ध बुधबारे जेसीजले थालेको अभियान सफल बनाउन जमुनादेवी चापागाईद्वारा जन्मदिनको अवसर पारेर २५ हजार सहयोग

आप्mनो जन्मदिनको अवसर पारेर बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईकी धर्मपत्नि जमुनादेवी चापागाईले बुधबारे जेसीजले थालेको लागुऔषध विरुद्धको अभियान सफल बनाउन रु २५ हजार रुपैँया सहयोग गरेकि छिन् ।

उनले आप्mनो जन्मदिनमा सामाजिक दायित्व बनेको लागुऔषध तथा दुव्र्यसनी विरुद्धको अभियानमा सहयोग गरेको बताउँदै लागुऔषधले युवा पुस्तामा नराम्रो असर पर्ने हुँदा त्यस तर्फ सचेत बन्न सम्पूर्ण युवालाई आव्हान गर्दै सम्भ समाज निर्माणमा थोरै भएपनि सहयोग गरेको चापागाईले बताइन् । उनले प्रदान गरेको चेक उनका श्रीमान् बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईले बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेलाई प्रदान गरेका थिए ।

आप्mनो जन्मदिनमा बुधबारे जेसीजको अभियान सफल बनाउन आर्थिक सहयोग गर्नुहुने उहाँलाई बुधबारे जेसीजको तर्फबाट अध्यक्ष अनिल वाग्लेले धन्यवाद व्यक्त गरेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *