Search
Close this search box.
Search
Close this search box.

बुधबारे जेसीज र एम्बिसन एकेडेमीले सम्पन्न गरे म्याराथन दौड

img 20230221 wa0003

झापा- बुधबारे जेसीज र एम्बिसन एकेडेमीले संयुक्त रुपमा म्याराथन प्रतियोगिता आयोजना गरेका छन्।

बुद्धशान्ति १ स्थित पुलचोकबाट शुरु भएको म्याराथन तिन किलोमीटरको दुरी पार गरी जयपुर स्थित एम्बिसन एकेडेमीमा टुङ्गिएको थियो।

EPIC EPIC EPIC

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी मनोज प्रसाईंले स्वास्थ्य जिवनयापनका लागी शारीरिक ब्यायाम गर्न सबैलाई अनुरोध गरेका थिए।

उनले युवाले मात्रै नभइ सबै उमेर समुहका मानिसहरू स्वास्थ्य रहँदै बिकासका काममा जुट्न उनको आग्रह थियो।

उद्घाटन समारोहमा बोल्दै विद्यालयका प्रधानाध्यापक इन्द्र राइले राष्ट्रको नाम उच्च राख्ने गरी सबै पक्षले काम गर्नपर्ने बताएका थिए।

इलाका प्रहरी कार्यलय बुधबारे र ट्राफिक प्रहरी कार्यलय बुधबारेको बिशेष सहयोगमा कार्यक्रम सम्पन्न भएको कार्यक्रमका संयोजक जेसी प्रेम गौतमले जानकारी दिए।
उनले “नेतृत्व गर्न अघि बढ” भन्ने नाराका साथ म्याराथन आयोजना गरिएको समेत जानकारी दिए।

४१ जना धावकले सहभागीता जनाएको कार्यक्रमको समापन एम्बिसन एकेडेमीमा भएको थियो।

म्याराथनमा खुल्ला तर्फ धावक शमिर लिम्बुले पुरुष पहिलो र सिमा राइले महिला पहिलोको स्थान हासिल गरेका थिए भने छात्र तर्फ अनुप ढकाल र छात्रा तर्फ खुशि गौतमले पहिलो स्थान हासिल गरेका थिए।

बिजेताहरुलाई नगद, प्रमाणपत्र सहित मेडलले सम्मान गरिएको थियो ।
बुधबारे जेसीजका अध्यक्ष जेसी अर्जुन ढकालले समुदायमा मिलेर जेसीजका विभिन्न आयममा अघि बढ्ने आफ्नो र सस्थाको उदेश्य रहेको बताउदै सबैसँग हातेमालो गर्ने उल्लेख गरे।
उनले भने, “हामी सबै उमेर समुह र संघ सस्थासँग हातेमालो गरेर अघि बढ्न चाहान्छौ र त्यहि शिलसिलामा आज हामि एम्बिसन एकेडेमीसँग मिलेर युवा जगाउने उदेश्यले म्याराथन आयोजना गरेका हौं।”

समापन समारोहमा बोल्दै विशेष अतिथी वडा नम्बर १ का अध्यक्ष अनिल वाग्लेले सबै उमेर समुहलाई समेटेर अघि बढ्ने कुरामा जेसीजको कृयाशिलताको प्रशंसा गरेका थिए।

त्यस्तै बुधबारे जेसीजका निवर्तमान अध्यक्ष सिनेटर मुकेश भट्टराईले जेसीजले बिद्यार्थीलाई केहि सिकाउन र उनिहरुबाट केही सिक्न खोजेको कुरा उल्लेख गरे।

बिद्यार्थीहरुमाझ बुधबारे जेसीजका अर्का पुर्वअध्यक्ष प्रकाश भण्डारीले समयानुकूल परिवर्तन हुँदै पढाइमा ध्यान दिन अनुरोध गरेका थिए।

बिद्यालय र बिद्यार्थीको तर्फबाट बोल्दै एम्बिसन एकेडेमीकी छात्र सोफिया खड्काले जेसीजबाट धेरै कुरा सिक्न पाएकोमा बिद्यालय,शिक्षक र बुधबारे जेसीजलाई धन्यवाद दिएकी थिइन्।

कार्यक्रममा बुधबारे जेसीजका पुर्वाध्यक्षहरु जेसी प्रकाश भण्डारी, जेसी नन्दकुमार याफु राई, जेसी हेमन्त बराल, जेसी सेमन्त पोखरेल,मानार्थ सदस्य जेसी दिपेन सिटौला, बुधबारे जेसीजका पदाधिकारीहरु एम्बिसन एकेडेमीका शिक्षक-बिद्यार्थीहरु ,अभिभावक,बुद्धशान्ति साप्ताहिकका रोशन भट्टराई, शानाशहरी खानेपानीका उपाध्यक्ष चन्द्र कोइराला, बर्खा स्मृति प्रतिष्ठानका सस्थापक मदन प्रसाईं लगायतको उपस्थिति थियो।
कार्यक्रमको संचालन संचारकर्मी बिष्णु लामिछानेले गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *