Search
Close this search box.
Search
Close this search box.

बुधबारे जेसीज र बुद्धशान्ति उद्योग वाणिज्य संघको आयोजनामा भोलि रक्तदान हुँदै

बुद्धशान्ति । कोरोना भाइरसका कारण झापामा रगत अभाव भइरहेको बेला बुधबारे जेसीज र बुद्धशान्ति उद्योग वाणिज्य संघ बुद्धशान्तिको संयुक्त आयोजनामा भोली रक्तदान कार्यक्रम हुने भएको छ ।

शुक्रबार ११ बजेदेखि उद्योग बाणिज्य संघको सभाहलमा हुने रक्तदानमा आवश्यक स्वास्थ्य सर्तकता अपनाई रक्तदान कार्यक्रम गरिन लागेको हो । रक्तदान गर्न मिल्ने महानुभावलाई पूर्ण स्वास्थ्य सर्तकता अपनाएर सहभागी हुन बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले अनुरोध गरेका छन् ।

त्यस्तै बुद्धशान्ति उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र उप्रेतीले रगतको अभावले विरामीले समस्या भोग्नु नपरोस् भनेर र स्वास्थ्य मापदण्डको पूर्ण सावधानी अपनाएर कार्यक्रम आयोजना गरिएको हुँदा रक्तदान गर्न मिल्ने उद्योगी व्यवसायी सहित सम्पूर्णलाई सहभागी हुन अनुरोध गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाको प्राविधिक तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा बुद्धशान्तिको समन्वयमा कार्यक्रम हुन लागेको हो । पहिलो पटक बुधबारे जेसीज र बुद्धशान्ति उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो भने वर्ष २०२१ मा बुधबारे जेसीजले रक्तदान कार्यक्रम गर्न लागेको यो दोस्रो पटक हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *