Search
Close this search box.
Search
Close this search box.

भय र त्रासले भरिएको वर्ष–२०२०

तीर्थ तिम्सिना, बिदाई भनौं या स्वागतम, जाँदैछ सन् २०२० अनि आयो सन् २०२१, कोरोनाको कहरबीच अंग्रेजी वर्ष २०२० ले बिदा लिएको छ । आज कोरोना कहरका महामारी बीचपनि सतर्कता अपनाउँदै नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष २०२१ स्वागत गर्देछन् । जिन्दगीलाई अनुभव र यादहरुको डोकाकोे रुपमा लिन सकिन्छ, हरेक बर्ष एउटा नयाँ अनुभव सगालिँदै पुरानो बर्ष बित्छ भने नयाँ बर्ष आउँदछ ।

वास्तममा नेपालीहरुले क्यालेन्डर देखि चाडवाड अनि कार्यालयगत कुराहरु धेरैजसो विक्रमसंबतमा आधारित भएकाले यो ईस्वीसंवतलाई आगन्तुक र पराई संवतका रुपमा लिने पनि गरिन्छ तर विदेश बस्नेहरु अनि अन्तराष्ट्रिय संस्थाहरुमा काम गर्ने लगायत अन्तराष्ट्रिय संवतहरु ईस्वीसंवतमै संसारभरि हुनेभएकाले यो संवतको पनि भिन्नै प्रतिष्ठा र उपयोगीता छ । यो संवत् इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ‘ग्रेगोरियन पात्रो’ भन्ने पनि गरिन्छ ।

पछिल्ला वर्षहरुमा हेर्ने हो भने अंग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढेर गएको पार्ईन्छ । बिक्रमसम्वत वैशाखबाट शुरु हुने भए पनि अंग्रेजी वर्ष मनाउने, बितेको वर्षको समीक्षा गर्ने र नयाँ संकल्प गर्ने प्रचलन बढेको पाईन्छ । यसकारण यहाँ बितेको वर्ष २०२० को समीक्षा गर्ने गरिन्छ ।

बितेको वर्ष २०२० फर्फेर हेर्दाखेरी मानवीय, आर्थिक, संवैधानिक र राजनीतिक संकटै संकटमा सकियो । यो वर्ष शुरु हुनासाथ विश्वव्यापी रुपमा माहामारी लिएको कोरोना कहरको सुरुवात भयो ।

उत्तरी छिमेक चीनबाट शुरु भएको कोरोना महामारीबाट विश्वभर आठ करोड ३० लाख बढी संक्रमित भएका तथ्याङक हामी बिभिन्न संचारमाध्यममा सुन्दै, पढ्दै र हेर्दे, देख्दै र भोग्दै आएका छौं । उता १८ लाख मानिसको त संक्रमणबाट मृत्यु भईसकेको छ ।
कोरोनाका कहरका कारण चैत ११ गतेदेखि साउन ७ गतेसम्म देशब्यापी लकडाउन गरिएको नेपालमा मात्रै दुई लाख ६० हजार संक्रमित र १८ सय बढीको मृत्यु हुन पुग्यो । त्यसपछि पनि सरकारले प्रत्येक स्थानीय तहलाई आफनो मातहतमा कोरोनाको कहरको जोखिमलाई मध्यनजर गर्दे स्थानीय स्तरमा निषेधाज्ञा गर्न लगाईयो । यसले मानवीय संकट मात्रै देखिएन । आर्थिक रुपमा समेत मुलुक संकटमा परयो । १२० दिन लामो देशब्यापी लकडाउनका कारण कयौले रोजगारी गुमाए, कयौंले आफन्तजन् । उता वैदेशिक रोजगारी र अध्यनन गर्न विश्वभर पुगेका आफन्तको चिन्ता कायमै रह्यो ।

यातायात, बजार, शैक्षिक संस्था, मनोरञ्जनस्थल लगायत क्षेत्र ठप्प हुँदा झनै संकट आइलाग्यो । कोरोना महामारीकै कारण जीवनशैलीमा परिवर्तन देखियो । वर्षभर मास्क लगाएर हिड्ने, सामाजिक दुरी कायम गर्ने देखि भेटघाट गर्ने संस्कृतिको विकास हुन पुग्यो । यो कोरोना महामारीका कारण मुलुकको आर्थिक, सामाजिक र मानवीय क्षेत्रमा देखिएको संकटको कुरा भयो ।

नेपालमा यस भन्दा फरक भने राजनीतिक तथा संवैधानिक संकटको त्रास भइ नै रह्यो । विशेषगरी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको कलह वर्षभर नै चलिरह्यो । वर्ष २०२० को थालनि सभामुख को हुने भन्ने रस्साकस्सी देखिएको नेकपा नेतृत्व सरकारले वैशाख पुग्दा संवैधानिक परिषद् सम्बन्धी र दल विभाजन सम्बन्धी अध्यादेश ल्यायो । दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि चर्किएको विवादले अन्ततः नेकपा विभाजित हुन पुग्यो । यसको असर संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसम्म नै पुग्यो ।

विश्व राजनीति हेर्दा उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकालको सुरुवातदेखि नै चर्चामा रहे पनि यस वर्ष कार्यकाल नवीकरण गर्ने वर्ष भएकाले पनि बढी चर्चा भयो । गत नोभेम्बर ३ मा भएको निर्वाचनबाट कार्यकाल लम्ब्याउन नसकेपनि उनले निर्वाचनको बेलाको आरोप प्रत्यारोप, मास्क बहिस्कार, कोरोनाप्रतिको दृष्टिकोणलगायतका कारणले उनी चर्चाको केन्द्रमा नै रहे ।

खेलकुदका क्षेत्रमा २०२० लाई हेर्दा फुटबलका महान खेलाडी डिएगो म्यारोडोनालाई गुमाउनु पर्यो । सन् २००० मा फिफाले मतदान गराउदा अर्जेन्टिनाका फुटबल हस्ती म्यारोडोना शताब्दीको सर्वोत्कृष्ट खेलाडीका रूपमा चयन भएको थियो । म्यारोडोनाको ६० वर्षको उमेरमा निधन हुँदा विश्वका लाखौँ खेलप्रेमी स्तब्ध भएका थिए । उनको निधन भएपछि अर्जेन्टिनाले तीन दिने राष्ट्रिय शोक घोषणा गरेको थियो । 

यस वर्षका विश्वव्यापी चर्चामा सलह किरा समेत आएको छ । दक्षिण एसियाली मुलुकमा यसले बढी चर्चा पायो । कोरोनाको महामारी चलिरहेका बेला सलह पनि फैलिएको विषयले भोकमरी हुने र खाद्य संकट आउने सम्मको विश्लेषण गरिएको थियो ।

वर्ष सन् २०२० मा अन्य थुप्रै कुराहरुले चर्चा पाएको छ । ती महत्वपूर्ण चर्चालाई अगामीदिनमा चर्चा गरिने नि छ । अन्त्यमा हरेक नयाँ बर्षहरुमा हामी केही सोचाई या परिवर्तन गर्ने इच्छा राख्दछौ तर ती धेरै जसो इच्छाहरु त्यसै खेर जाने पनि गर्दछन्, यस बर्षको सकारात्मक सोच अनि प्रगतिका लावालस्करहरु तपाईको पाईला अगाडी रहिरहुन्, ईच्छा चाहाना सधैं पूरा होउन् । अङ्ग्रेजी नयाँ बर्ष २०२० को शुभकामना ।।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *