Search
Close this search box.
Search
Close this search box.

भारतको कोराना महामारी विश्वकै लागि भारी पर्दैछ

कोरोना महामारीको दोस्रो लहरले भारतमा मानिसहरुको जीवन तहसनहस पारिरहेको देखिन्छ । पछिल्ला दिनहरुमा भारतमा कोरोना संक्रमणबाट चारलाखभन्दा बढी मामला हरेक दिन देखाइपरिरहेका छन् । मृत्य हुनेको संख्या दैनिक नै चारहजार वरपर पुगिरहेको छ । जोन्स्हप्किन्स युनिभरसिटीको ड्यासबोडका अनुसार महामारीको शुरुआतदेखि यो भाइरसबाट अहिलेसम्म भारतमा २.२२ करोड भन्दा ज्यादा मानिसहरु संक्रमित भईसकेका छन् । २.४२ लाखभन्दा ज्यादा मानिसहरुको मृत्यु भइसकेको छ ।


संक्रमित र मृत्यु संख्या भारतको सरकारी तथ्यांक भन्दा निकै धेरै हुनसक्छ
:

विशेषज्ञहरुका अनुसार भारतमा संक्रमण तथा मृत्युका सरकारी तथ्यांक र जमिनी वास्तविकतामा ठूलो दूरी छ ।पहिलो कुरो त आंकडाहरु ठीकसँग संकलन गरिएन र सरकारले हकिकतलाई नजरअन्दाज गरिदिँदै खुशीसाथ स्वीकार गरिदियो । दोस्रो कारण यो रह्योकि, कोरोना भाइरसको एक नयाँ भेरिएन्ट आशंका गरिएभन्दा कयौँ गुणा ज्यादा घातक भएर निस्कियो । तेस्रो कारणमा, देशमा चुनावको मौसम थियो । कुम्भ मेला आयोजन गरियो र यी सब कोभिड प्रोटोकललाई किनारामा राख्दै गरिएको थियो । अब यो छर्लङ्ग भएको छ कि देशको आवादीको ठूलो हिस्सा एक मानवीय संकटको सामना गरिरहेका छन् ।


भारतको अर्थव्यबस्था डगमगाएमा विश्वलाई नै असर पर्ने ः

भारतमा १.४ अरब आवादी रहेको छ अर्थात दुनियाभरको हर छैठौँ व्यक्ति भारतीय हुन्छन् । अब यो कुरा बुझ्न जरुरी छ कि भारतको अहिलेको संकटले विश्व भरकै अर्थव्यबस्थामा असर पर्न सक्नेछ । भारत विश्वमै पाँचौ ठूलो अर्थव्यबस्था हो । विश्वको आर्थिक विकासमा भारतको महत्वपूर्ण योगदान रहने गरेको छ । भारतमा विश्वका सामानहरु बेच्नका लागि ठूलठूला बजारहरु रहेका छन् ।

गतसाल २०२० मा भारतको विकासदरमा लगभग दश प्रतिशतको कमी भयो । २०२१ को लागि आशा यो थियो कि भारत र दुनियाको अर्थव्यबस्था पुनः आफ्नो खुट्टामा खडा हुनेछ तर अब यी अनुमानहरुमाथि पानी फेरिएको देखिँदैछ । इक्विपमेन्ट समूह नोमुराको चीप्m इकोनोमिस्ट सोनल वर्माले अनुमान लगाएका छन् कि, भारतको सकल घरेलु उत्पादन मौजुदा त्रैमासिकमा १.५ प्रतिशत संकुचन हुनेछ ।


अन्तर्राष्ट्रिय आवागमन लामो समयसम्म प्रतिबन्ध हुनेछन् ः

ब्राजिल र दक्षिण अफ्रिका जस्ता राम्ररी आर्थिक प्रगति गरिरहेका देश पनि भारतकै जस्तो संकटको सामना गरिरहेका छन् । यस्तोमा विश्वभरकै विकासमा पनि यसबाट असर पर्दछ । भारतमा महामारी जुन परिमाणमा पैmलिइरहेको छ, यस्तो देख्दा यस्तो लाग्छ कि, अन्तर्राष्ट्रिय आवागमन या प्रतिबन्ध अझै निकै लामो समयसम्म लम्बिने निश्चित छ ।

विमानबाट यात्रा गर्ने भारतीय यात्रुहरु आधाभन्दा बढी संक्रमित ः

हालै नयाँ दिल्लीबाट हङकङ उडान भरेको विमानका ५२ यात्रीहरु कोरोना संक्रमित भएका पाइएको थियो । अनि यो पनि जानकारीमा आइसकेको छ कि कोरोना भाइरसको भारतीय भेरिएन्ट हवाई मार्गबाटै ब्रिटेन पुगिसकेको छ । जबकी भारतमा खासगरि पञ्जाबमा पैmलिएको दोस्रो लहरको लागि ब्रिटानी भेरिएन्टलाई जिम्मेवार मानिएको छ । यो पनि हवाई मार्गबाटै आएको हो ।


हवाईक्षेत्रमा निर्भरहरुका लागि निराश खबरः

हवाई सेवाबाट कोरोना भाइरस नपैmलियोस भन्नाका लागि कडा क्वारेन्टिन नियम र प्रतिबन्धको जरुरत पर्दछ । विमान सेवा, एयरपोर्ट तथा यस क्षेत्रसँग जोडिएका कारोबारमाथि निर्भर मानिसहरुका लागि यो निराशाजनक खबर हो । यसकारण वैश्विक आर्थिक विकासमा यसको गहिरो असर हुन गइरहेको छ ।


भारतका दवाई उद्योग विश्वमै ठूला :

आकारको दृष्टिले हेर्ने हो भने भारतीय दवाई उद्योग विश्वकै तेस्रो ठूलो फार्मा इन्डस्ट्रि हो । पैसाको हिसाबले विश्वकै एघारौँ ठूलो उद्योग हो । विश्वभरमा जति दवाईको निर्यात गरिन्छ त्यसमा ३.५ प्रतिशत भारतको हिस्साको योगदान हुने गर्दछ । जेनेरिक दवाईहरुको मामलामा वैश्विक निर्यातको २० प्रतिशत निर्यात भारतबाट हुने गर्दछ । यदि भारतको दवाई उद्योगको सम्बन्धमा र निर्यातमा कुनै किसिमको अबरोध भयो भने दुनियाभरको स्वास्थ्य सेवाले यसको नतिजा भोग्नु पर्र्ने हुन्छ । विद्यमान समयमा भारत दुनियाको ७० प्रतिशत भ्याक्सिन उत्पादक हो । विश्व स्वास्थ्य संगठनले कोभ्याक्स कार्यक्रम (गरिब देशहरुका लागि सस्तो खोप कार्यक्रम) अन्तर्गत भारतको सिरम इन्स्टिच्यूट अप्m इन्डियालाई ६४ गरिब देशका लागि एस्ट्राजेनेका भ्याक्सिन उत्पादन गर्ने अधिकार दिएको छ । भारतको अहिलेको संकटका कारण कोभ्याक्स कार्यक्रमको गति ढिलो हुने निश्चित जस्तै छ । यसको मतलब गरिब देशका जनताहरुले भ्याक्सिन पाउने सपना बिपनामा परिणत हुन निकै लामो समय लाग्नेछ । यसका साथै, भारतको सिरम इन्स्टिच्यूटले ब्रिटेनको लागि ५० लाख खुराक पनि उत्पादन गर्दछ । भारतको कोरोना संकटको कारणले भ्याक्सिन निर्यातमा सुस्तता या रद्दको स्थिति आएको छ । महामारीको नयाँ लहरको सामना गरिरहेका कैयन देशका लागि यो खराब समाचार हो र उनीहरुको देशमा जिन्दगी पुनः लिकमा हिँडाउनका लागि कोशिशहरुमा रोकावट आउने छ । यदि भारत पूरा विश्वकालागि भ्याक्सिन सप्लाई गर्न सक्दैन भने त सबैले यसको साइड इफेक्ट भोग्नु नै पर्नेछ ।


लकडाउनले निरन्तरता पाउने सम्भावना:

विश्वको कोरोना कहर भएका देश या स्थानमा बारम्बार लकडाउन लगाइने छ । सामाजिक या भौतिक दूरीको प्रोटोकल बढ्ने छ र दुनियाभरका देशमा आर्थिक गतिबिधिहरु सुस्तताको शिकार हुनेछन् ।

भारतले विश्वलाई उपलब्ध गराउँदै आएको जनशक्तिमा कमि आउने सम्भावनाः भारतले यूरोप, अमेरिका र विश्वका कैयन देशमा कैयन काममा सपोर्ट स्टाफ, प्राबिधिक, मेकानिक्स, प्रोग्रामर, विशेषज्ञ उपलब्ध गराउँदछ । खागरी वित्तीय, स्वास्थ्य, प्रविधि, उद्योग, व्यापारका क्षेत्रमा काम गर्ने जनशक्तिहरु अब भारतको महामारीका कारण सजिलै परिचालन हुन सक्ने छैनन् । विश्वले सेवाहरु निर्वाध या राम्रो गतिमा जारी राख्न सक्ने छैन । जसले गर्दा विश्वकै उत्पादन क्षमता र सेवामा अवरोध आउने सम्भावना छ । अमेरिकी व्यापारिक संगठन यू.एस. च्याम्बर अप्m कमर्शले यस कुरालाई मध्यनजर गर्दै चिन्ता व्यक्त गरेको छ कि वैश्विक अर्थव्यबस्थामा बाधा आउन सक्छ ।


ब्रिटेनलाई निकै गाह्रो हुनेछ ः

अर्र्कोतिर ब्रिटेनका लागि पनि समस्या हुनेछ । ब्रेक्जिटपछि ब्रिटेनका लागि भारतसँगको व्यापारिक सम्बन्धले धेरै माने राख्दछ । यो कुरा यसरी पनि अन्दाज लगाउन सकिन्छ कि, ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सनले दुईदुईपल्ट भारत भ्रमणमा आउने कार्यक्रम तय गरिसकेका थिए तर महाकारीका कारण अन्तिममा भ्रमण स्थगित गरेका थिए ।


भारतलाई सहयोग गर्नुको बिकल्प छैन ः

थुपै्रै कारणले गर्दा विश्वका सबै देशले भारतलाई केही न केही सहयोग गरेर महामारीबाट भारतलाई बाहिर निकाल्नु पर्ने देखिएको छ । किनकि भारतीय अर्थव्यबस्थामा अवरोध आएमा विश्वकै अर्थव्यबस्था ठप्प हुने सम्भावना छ । तर, ढिलैगरि भएपनि विश्वका विभिन्न देशबाट भारतमा मद्दत आउन थालिसकेका छन् । ब्रिटेनले भेन्टिलेटर, अक्सिजन कन्सेनटे«टर पठाएको छ । अमेरिकाले दवाई र भ्याक्सिन बनाउने कच्चा पदार्थ, रेपिड टेष्ट किट, भेन्टिलेटर पनि पठाइसकेको छ । जर्मनीले मेडिकल हेल्पका साथै अक्सिजन पठाएको छ । तर, भारतमा जतिदेशले जे जे र जति सहयोग पठाएपनि भारतको आवश्यकताको तुलनामा यी सहयोगहरु समुद्रमा एक थोपा पानी जस्तो मात्रै भइरहेको छ । विदेशबाट आएका सहयोग कहाँ गए भनेर दाता देश र भारतमै पनि प्रश्न गर्न थालेका छन् ।


विश्वको ठूलो भुल ः

भारत सरकार हालको आफ्नो संकट टार्न असमर्थ भए पनि विश्वमा पर्नजाने यसको असरलाई विश्वले मनन नगर्नु ठूलै भुल हुनेछ । भारत महामारीबाट चाँडो निस्केन भने विश्वभरका देशहरुका अर्थव्यबस्थामा नै संकट आउने छ । तसर्थः विश्वका देशहरुले भारतलाई चाँडो भन्दा चाँडो सघाउनु उत्तम हुनेछ ।


साना र गरिब देशहरुका लागि निराशाजनक खबर ः

यदि भारत महामारीबाट बाहिर निस्कन ढिला भयो भने, साना र गरिब देश जस्तै नेपाल जस्ता देशमा खोप ढिलो र अपर्याप्त मात्रामा प्राप्त हुनेछन् । कोरोना बिरामीका लागि उपचार व्यबस्था भद्रगोल हुनेछन् । संक्रमण उत्पातै हुनेछन् र मृत्युदर ह्वात्तै बढ्नेछन् । उपभोग्य सामानहरु अभाव हुनेछन् र भाउ महंगिने छ । रोजगारी र उद्यम अभाव हुनेछ । जनताहरु ऋणको चंगुलमा पर्नेछन् । जसका कारण घरेलु हिंसा र डिप्रेसन जस्ता समस्या देखिनेछन् । समग्रमा गरिब देशका अर्थव्यबस्था पनि धेरै वर्षसम्म लडखडाउने छ ।

भारतको महामारी वैश्विक समस्या ः

यदि दुनियाका ठूला र धनी देशहरु भारतलाई मद्दत गर्न असक्षम रहे भने चाँडै नै भारतको संकट वैश्विक संकटमा बदलिन सक्छ । यस्तो केवल स्वास्थ्यको क्षेत्रमा मात्र होइन कि अर्थव्यबस्थाको पूरा मोर्चामा पनि संकट देखा पर्नेछ । ठूला र धनी देशका आर्थिक गति निकै सुस्त हुनेछन् । जसरी म्याराथन डौडमा दु्रत गतिमा दौडिरहेका धावकहरु पछि निकै सुस्त हुन्छन्, ह्यापह्यापी पर्छन् र बाटैमा ढल्छन् । (एजेन्सीको सहयोगमा)

प्रस्तुती — भुवन तामाङ
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *