भारतबाट १० लाख डोज कोभिसिल्ड खोप आज आउँदै

काठमाडौं – सरकारले खरिद गरेको -कोभिसिल्ड खोपको पहिलो खेप आइतबार ल्याइँदैछ। सेरम इन्स्टिच्युट अफ इन्डियासँग २० लाख डोज खरिद गर्ने सहमतिअनुसार पहिलो चरणको १० लाख डोज खोप ल्याउन लागिएको हो।

EPIC

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा-समिरकुमार अधिकारीले १० लाख डोजको पहिलो खेप ल्याउन लागिएको बताए। दिल्लीबाट एयर इण्डियाको जहाजबाट उक्त खोप ल्याउन लागिएको हो।

खोप ल्याएपछि टेकुमा रहेको भण्डारण स्थलमा राखिनेछ । त्यसपछि फागुन २३ देखि कोभिड खोप अभियानअन्तर्गत जिल्ला स्वास्थ्य कार्यालयमार्फत वितरण हुनेछ । यसअघि भारत सरकारले १० लाख डोज कोभिडसिल्ड खोप अनुदानमा उपलब्ध गराएको थियो। उक्त खोप माघ १४ गतेबाट लगाउन थालिएको हो। सरकारले अहिले स्वास्थ्यकर्मी, कर्मचारी र अग्रपङ्क्तिमा काम गरिरहेका कर्मचारीलाई खोप दिइरहेको छ।

यसैगरी चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ। चीनले ‘भेरोसिल’ नामक खोप उपलब्ध गराउने भनेको छ। उक्त खोप औषधि व्यवस्था विभागले समेत सूचिकृत गरिसकेको छ।

EPIC EPIC EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar