भोजपुरका भुजेल भाषा, संस्कार,सस्कृती जोगाउदैँ

भोजपुर । भर्खरै एसईई दिएका षडानन्द नगरपालिका–७ दिंगलाका समीर भुजेल उमेरले १४ वर्ष लाग्नु भएको छ । जातिगत संस्कार,सस्कृती, भाषा,धर्मका बारेमा केही जानकार नभएका उहाँ परिवारकै दबाबमा भुजेल पुजारामे(ब्राओ) प्रशिक्षणमा सहभागी हुनुभयो । आफ्नै जातिगत भाषा,संस्कार,सस्कृतीको बारेमा अध्ययन तथा जानकारी लिन पाउँदा खुसी भएको उहाँ बताउनुहुन्छ । वैशाख ९ गते देखी भएको १० दिने प्रशिक्षणमा आफूले धेरै कुराहरू सिकेको बताउँदै उहाँले पछि आफू पुजारामे भएर भुजेल जातीको संस्कार संरक्षणमा लाग्ने समेत प्रतिबद्धता जनाउनुभएको छ । परापूर्व देखी हिन्दु संस्कार अनुसार पूजापाठ गर्दै आएका स्थानीय भुजेलहरू आफ्नो भाषा,धर्म संस्कार सस्कृती हुन्छ भन्ने थाहा पाएसँगै संरक्षणमा जुटेका छन् । सोहि क्रममा षडानन्द नगरपालिकाको केन्द्र दिङलामा भुजेल समाज सेवा नगर समितिले भुजेल जातिको लोपोन्मुख भुजेल जातीको भाषा, संस्कार र संस्कृतिलाई संरक्षण तथा सम्र्वधन गर्ने उद्देश्यले पुजारामे सम्बन्धी प्रशिक्षण आयोजना गरेको समितिका अध्यक्ष भक्त बहादुर भुजेलले बताउनुभयो । उहाँका अनुसार, विगतका वर्षहरूमा पनि समितिले जातिगत भाषा, संस्कार संस्कृति संरक्षणका लागी विभिन्न कार्यक्रम गर्दै आएको थियो । यसले आफ्नो कला,संस्कार,सस्कृती संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ । प्रशिक्षणमा भुजेली पर्व,जन्म संस्कार, विवाह संस्कार, मृत्यु संस्कार, पुर्खा स्मरण लगायतका संस्कार–संस्कृतिबारे जानकारी दिइएको प्रशिक्षक भुजेल संस्कार–संस्कृति संरक्षण समितिका केन्द्रीय सदस्य तथा ब्राओ बालकुमार भुजेलले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो आफ्नै भाषा,कला,संस्कार सस्कृती छ यसलाई सबै क्षेत्रका भुजेलहरू एकजुट भएर संरक्षण गर्नुपर्छ । पछिल्लो समय जातिगत संस्कार सस्कृतीको जर्गेना गर्न भुजेलहरू जागृत भए पनि अपेक्षाकृत रुपमा सहभागिता छैन ।” दिङलामा भएको भाषा,संस्कार सस्कृतीको तालिम सम्बन्धी जानकारी सबैमा छ तर उपस्थिति छैन, षनपा कार्यसमिति सचिव दिपक भुजेलले भन्नुभयो ।
जिल्लामा भुजेल जातीहरूको सङ्ख्या अन्य जातीको भन्दा थेरैनै रहेको छ । जिल्लाको षडानन्द नगरपालिकामा ४ सय १९ जना, साल्पासिलिछो गाउँपालिकामा १२ जना, टेम्केमैयुङ्ग गाउँपालिकामा ४ सय २४ जना, भोजपुर नगरपालिकामा ५ सय १६ जना, अरुण गाउँपालिकामा ६ सय ३६ जना, पौवादुङमा गाउँपालिकामा १ सय ५२ जना, रामप्रसादराई गाउँपालिकामा ४ सय ७४ जना, हतुवागढि गाउँपालिकामा १ सय ८५ जना, आमचोक गाउँपालिकामा १ सय ३८ जना र संस्थागत रुपमा १३ जना गरी २ हजार ९ सय ६८ जना भुजेलहरू रहेका छन् । उनीहरुमध्ये छिनामखु, भामराङ,दलगाउँ, दिङला लगायत क्षेत्रका जातिगत संस्कार अनुसार जन्म,मृत्यु तथा विवाह सम्बन्धी संस्कार गर्दै आएका छन् भने अन्य क्षेत्रमा संस्कार संस्कृतीको प्रयोग विस्तार हुदै गएको भुजेल समाज सेवा जिल्ला समन्वय समिति भोजपुरका सचिव गोकुल भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार लोपोन्मुख भुजेल जातीहरूको संरक्षणका लागी जिल्लाका कुनै पनि स्थानीय तह तथा सरोकारवाला निकायले चासो दिएका छैनन् ।
जिल्लामा भुजेल बन्धुहरू धेरै हुनुहुन्छ तर उहाँहरूलाई आफ्नो भाषा, संस्कार–संस्कृति छ भन्ने थाहा नै छैन, अब जिल्लाका सबै पालिकामा जातिगत भाषा, संस्कार र संस्कृतिबारे तालिम, प्रशिक्षण, गोष्ठी आयोजना गरी प्रचारप्रसार सहित प्रयोगमा ल्याउन आवश्यक रहेको तालिममा सहभागी ब्राओ बलराम भुजेलले बताउनुभयो ।
प्रशिक्षण कार्यक्रममा अरुण गाउँपालिकाका गोकुल भुजेल, टेम्केमैयुङ्ग गाउँपालिकाका बलराम भुजेल, षडानन्द नगरपालिकाका समीर भुजेल र अणी बहादुर भुजेललले सक्रिय सहभागिता जनाएका थिए भने उहाँहरूबाट जातिगत संस्कार संस्कृति संरक्षणमा महत्त्वपूर्ण योग्दान पुग्ने अपेक्षा समेत गरिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *