भोजपुरको टेम्केमैयुङ १ तिम्मा खम्बुखामा एक घर जलेर नष्ट भएको छ । स्थानीय प्रेमकुमार राईको घरमा आगालागी भइ घर पुर्ण रूपमा क्षतिग्रस्त भएको हो । बुधबार राती बङ्गुरको चारो बसाएर छोडेको र त्यहाबाट रातको ९ बजेतिर आगो सल्केर कटेरा भान्छा घर हुँदै घरमा सल्केको थियो। आगालागीबाट कुनै मानवीय क्षती नभएपनि लत्ताकपडा,भाडाकुडा,अन्न सम्पूर्ण जलेर नष्ट भएको छ। प्रहरी चौकी दावा र स्थानीयको सर्जमिनले ५ लाख बढीको भौतिक क्षती भएको अनुमान गरिएको छ ।