Search
Close this search box.
Search
Close this search box.

मंसिर २० गतेबाट ‘सक्किगोनी’ हिमालय टेलिभिजनमा

काठमाडौ । चर्चित हाँस्य टेलि सिरियल ‘सक्किगोनी’ अब हिमालय टेलिभिजनबाट प्रशारण हुने भएको छ । लामो समयदेखि नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको यो सिरियल मंसिर २० गतेबाट भने हिमालय टेलिभिजनबाट प्रशारण गर्ने तयारी गरिएको हो ।

अर्जुन घिमिरे र कुमार कट्टेलको कथा, पटकथा, संवाद र निर्देशनमा प्रशारण हुँदै आएको यो सिरियल लकडाउनका कारण केही महिनादेखि प्रशारण हुन सकेको थिएन । अब, मंसिर २० गतेबाट नयाँ भाग छायांकन गरेर प्रशारण गर्ने तयारी गरिएको यो श्रृङ्खलाका सिरिज निर्देशक दिपकप्रसाद आचार्यले जानकारी दिए ।

नेपाल टेलिभिजनबाट प्रशारण हुने सिरियलको बिषयमा टेलिभिजनले कहिले पनि चासो दिने नगरेको, सर्जकसँग कुराकानी गर्ने शैलीको विकास नगरेको तथा विज्ञापन एजेन्सी सँग समेत कुरा नमिलेका कारण नयाँ एजेन्सीमार्फत सिरियल हिमालय टेलिभिजनबाट प्रशारण हुन लागेको बताइएको छ ।

लामो समयसम्म ‘भद्रगोल’ नामबाट प्रशारण हुँदै आएको सिरियल विज्ञापन एजेन्सीको विवादपछि ‘सक्किगोनी’ नामबाट प्रशारण हुन थालेको सिरियलमा अर्जुन घिमिरे, कुमार कट्टेल, सीपी पुडासैनी, शंकर आचार्य, कमलमणी नेपाल, दिपक आचार्य, सागर लम्साल, हरि निरौला, रक्षा श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *