Search
Close this search box.
Search
Close this search box.

महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काटियो

लहान/ नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि महसुल नबुझाउने १९ ग्राहकको विद्युत् लाइन काटेको छ । पटक–पटक विद्युत् महसुल बुझाउन ताकेदा गर्दा समेत लामो समयसम्म महसुल नबुझाई अटेर गर्ने ग्राहकको लगत तयार गरी विद्युत् लाइन काट्न सुरु गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख जितेन्द्रकुमार यादवले जानकारी दिए ।


लाइन काट्न सुरु गरेको दुई दिनभित्र १३ ग्राहकको लाइन काटिएको र थप ग्राहकहरूको विद्युत् लाइन काट्ने काम भइरहेको प्रमुख यादवको भनाइ छ । प्रमुख यादवका अनुसार पहिलो चरणमा ५० हजार रुपैयाँभन्दा बढी महसुल बक्यौता भएका ग्राहकको विद्युत् लाइन काट्न थालिएको छ । लामो समयदेखि ग्राहकले विद्युत् महसुल नतिर्दा प्राधिकरणले ३० करोड १६ लाख ३७ हजार २०७ रुपैयाँ बक्यौता असुल्न बाँकी रहेको जनाएको छ ।


गार्हस्थ्य मिटरतर्फ १९ करोड १४ लाख ५१६, व्यापारिक मिटरतर्फ ९९ लाख ७१ हजार ४३९, गैरव्यापारिक मिटरतर्फ एक करोड ५८ लाख र औद्योगिक मिटरतर्फ चार करोड २६ लाख ३८ हजार ८३५ रुपैयाँ बक्यौता रकम उठाउन बाँकी रहेको प्रमुख यादवले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *