झापा । मेचीमहाकाली सफाई अभियानको संयोजनमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई मास्क र स्यानिटाईजर हस्तान्तरण गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय ७,००० थान मास्क र १ कार्टुन सेनिटाइजर हस्तान्तरण गरिएको छ । सामाजिक संजालको माध्यमबाट मेचीमहाकाली सफाइ अभियान अन्तर्गत परोपकारी दाताबाट संकलित उक्त सामाग्री कोरोनाको महामारीमा सडकमा नेपाल प्रहरी, ट्राफिकको ठुलो योगदान रहँदै आएको छ ।
यस कार्य प्रती सम्मान गर्दै जिल्ला ट्राफिक प्रमुख निशेष चापागाईंलाई हस्तान्तरण गरिएको छ । यस कार्यको संयोजन अभियन्ता देबि सङ्रौला र नितेस ओलीले गर्नुभएको थियो ।
यस समूहले काठमाडौं स्थित टाफिक मुख्यालयमा पनि यसअघि १० हजार मास्क हस्तान्तरण गरिसकेको छ । यो अभियानले देशका बिभिन्न भागमा सफाई अभियान सञ्चालन गर्दै आएको छ । भने यस अभियानको नेतृत्वमा गत ५ जुन २०२१ को वातावरण दिवसका दिनमा नेपालका ३७ स्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको थियो ।