रवि लामिछाने धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको छ । धरौटी रकम भने अदालतले तोक्न बाँकी रहेको छ ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

EPIC EPIC EPIC

बुटवलस्थित सुप्रिम सहकारीको रकम अनियमितता प्रकरणमा रवि लामिछानेसहितका प्रतिवादीविरुद्ध रु १० करोड ९९ लाख ३६ हजार बराबरको सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको थियो ।

जिल्ला अदालत रुपन्देहीले आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि रिहा नगरेपछि लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । उनले कुल बिगोको चार भागमध्ये आफ्नो भागको एक भाग बराबरको रु दुई करोड ७४ लाख ८४ हजार रकम बैंक जमानतका रूपमा निवेदनसाथ पेस गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *