रहेनन् वरिष्ठ गायक प्रेमध्वज प्रधान

काठमाडौं। वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । छातिमा अचानक समस्या भएपछि न्यूरो अस्पताल लगिएका उनको ८२ वर्षको उमेरमा आज निधन भएको हो ।

EPIC

नेपाली सांगितिक क्षेत्रमा गायक तथा संगितकारका रुपमा उनको विशिष्ट पहिचान छ । नेपालमा पहिलोपटक गितार बजाएर सांगितिक कला प्रस्तुत गर्ने प्रधान पहिलो थिए ।

भारतका लोकप्रीय कलाकार उषा मंगेशकरसँग उनले माइतीघर चलचित्रका लागि युगल गीत समेत गाएका थिए ।प्रधानका ‘घुम्तीमा नआऊ है’, ‘गुलाफी घुम्टो’, ‘नमान लाज यसरी’, ‘टाढा नभइदेऊ फेरि’, ‘पर लैजाऊ फूलहरु’, लगायत गीत प्रसिद्ध छन् । रेडियो नेपालमा उनको ७ सयभन्दा बढी गीत रेकर्ड छ ।

प्रेमध्वज प्रधानका पत्नी किरण देवी र दुई छोराहरु प्रसन्न र कविर प्रधान छन् ।

EPIC EPIC EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar