राष्ट्रिय युवा संघ नेपालको दशौं महाधिवेशन पोखरामा: नेतृत्व चयनको संघारमा पर्वत भण्डारीको उदय

नेतृत्व चयनको संघारमा पर्वत भण्डारी

पोखरा नेकपा एमालेको सबैभन्दा प्रभावशाली जनसंगठन राष्ट्रिय युवा संघ नेपालको दशौं महाधिवेशन आज पोखरामा सुरु भएको छ। जेठ ९ देखि ११ गतेसम्म चल्ने यो महाधिवेशनले संगठनको भावी मार्गचित्र तय गर्दै नयाँ नेतृत्व चयन गर्नेछ। देशभरिबाट आएका १ हजार ९ सय प्रतिनिधिहरूको सहभागिता रहने यो महाधिवेशन संगठनको संरचना संकुचित गर्दै १५१ सदस्यीय केन्द्रीय कमिटी निर्माणतर्फ उन्मुख छ।

हाल ३३९ सदस्यीय रहेको केन्द्रीय कमिटीलाई संख्यात्मक रूपमा सानो बनाएपछि १८८ जना हालका पदाधिकारी तथा सदस्यहरूलाई बिदा दिनुपर्नेछ। यद्यपि, विभाग, आयोग, परिषद् तथा अन्तरजिल्ला संरचनाहरू यथावत रहने जनाइएको छ। ३५ विभाग, ३ आयोग, ५१ सदस्यीय विज्ञ परिषद् र सात प्रदेशसहितको विशेष प्रदेश अन्तरगत ७४ अन्तरजिल्ला संरचना कायमै राखिएको छ।

EPIC EPIC EPIC EPIC EPIC

अध्यक्ष पदमा पाँच आकांक्षी, थेबेलाई रोक्न पूर्वअध्यक्षहरू सक्रिय

वर्तमान अध्यक्ष क्षितिज थेबे दोस्रो कार्यकालका लागि इच्छुक देखिए पनि पार्टीभित्र उनलाई पुनः अध्यक्ष बन्न नदिने प्रयत्न तीव्र भएको छ। महेश बस्नेत, किरण पौडेल, निरुदेवी पाल, राजीव पहारी, रमेश पौडेलजस्ता पूर्वअध्यक्षहरू नयाँ अनुहारको खोजीमा सक्रिय छन्। थेबे स्वयंले सर्वसम्मत नेतृत्व चयनमा जोड दिँदै आएका छन् भने पार्टीको आवश्यकताअनुसार आफू पछि हट्न पनि तयार रहेको बताएका छन्।

महासचिवमा पर्वत भण्डारीको दाबी सशक्त

महासचिव पदमा सात जना आकांक्षीहरू देखिए पनि झापाका पर्वत भण्डारीको सम्भावना बलियो देखिएको छ। हालका सचिव रहेका भण्डारी संगठनभित्र लामो समयदेखि सक्रिय रहँदै आएका छन्। उनले संगठनात्मक दक्षता, कार्यकर्तासँगको समन्वय, र स्पष्ट नीतिगत धारमार्फत आफूलाई प्रभावशाली नेताको रूपमा उभ्याएका छन्।

पार्टी र कार्यकर्ताबीच लोकप्रियता बढाउँदै गएका भण्डारीले संघको विभिन्न अभियानहरूमा नेतृत्वदायी भूमिका खेलेका छन्। विशेषगरी संगठन सुदृढीकरण, नीति निर्माणमा स्पष्टता, र कार्यक्रम कार्यान्वयनमा देखाएको सक्रियता उनको क्षमताको प्रमाण हो। अन्तरजिल्ला तथा प्रदेशस्तरीय समन्वयमा उनको भूमिकाले उनलाई महासचिव पदको प्रमुख दावेदार बनाएको छ।

पर्वत भण्डारीप्रति देशभरका प्रतिनिधिहरूको आकर्षण बढ्दो क्रममा छ। संगठनभित्रको उनको लोकप्रियता र नेतृत्व कौशलले महासचिव पदको दौडमा उनलाई अन्य आकांक्षीहरूभन्दा अगाडि ल्याएको छ। राष्ट्रिय युवा संघ नेपालको दशौं महाधिवेशन संगठन सुदृढीकरण, नवीकरण र भावी नेतृत्व चयनको दृष्टिले अत्यन्तै महत्वपूर्ण मोडमा पुगेको छ। अध्यक्ष पदमा प्रतिस्पर्धा चुलिँदै जाँदा, महासचिव पदका लागि पर्वत भण्डारीजस्ता युवाको उदय संगठनको भविष्यप्रति आशावादी संकेत हो। अबको नेतृत्वले युवा आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *