झापा, बुद्धशान्ति | राष्ट्रिय युवा संघ नेपाल, बुद्धशान्ति गाउँ कमिटीको संयोजनमा सञ्चालित उपचार सहयोग अभियानमार्फत नेकपा एमाले प्रदेश कमिटि सल्लाकार सदस्य ज्ञानबहादुर मगरका लागि रु. ६१,००० आर्थिक सहयोग संकलन गरिएको छ। उक्त रकम अभियान सफलतापूर्वक संकलन गरी बिरामीलाई हस्तान्तरण गरिएको समितिले जनाएको छ।

सहयोग हस्तान्तरणका क्रममा उपचारका लागि जुटेको साथ र सहयोगप्रति ज्ञानबहादुर मगर भावुक बनेका थिए। उनले आफूलाई साथ दिने देश तथा विदेशमा रहेका सम्पूर्ण सहयोगी, शुभेच्छुक तथा अभियानमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।
राष्ट्रिय युवा संघ नेपाल, बुद्धशान्ति गाउँ कमिटीले मानवीय सेवाको भावनाअनुसार सञ्चालन गरिएको अभियानलाई सफल बनाउन सहयोग पुर्याउने सबै दाताप्रति धन्यवाद ज्ञापन गरेको छ।



















