Search
Close this search box.
Search
Close this search box.

लक्ष्मी पुजाको दिनसम्म गाउँमा बिजुली नबाले चक्काजाम गर्ने चेतावनी

दार्चुला । जिल्लाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाका स्थानीयहरुले लक्ष्मी पूजाको दिनसम्म विद्युत बाल्न नेपाल विद्यूत प्राधिकरण दार्चुला वितरण केन्द्रलाई अल्टिमेटम दिएका छन् । दुवै ठाउँका स्थानीयको भेलाले विद्यूतको पोल तथा तार विस्तार भएको ३ बर्स बितिसक्दा सम्म पनि विद्युत बाल्ने कुनै पनि पहल नगरेको भन्दै शैल्यशिखर नगरपालिकाका स्थानीय जगदीश सिंह धामीले विद्यूत प्राधिकरणलाई २८ जनाको हस्ताक्षर निवेदनमार्फत अल्टिमेटम दिएको बताएका छन् ।

२८ जना स्थानीयले जिल्लामा उत्पादन भएको चमेलियाको विद्युत चमेलिया छेउछाउका नागरिकले नपाएको भन्दै उनीहरुले माग पूरा नभए सडकसमेत चक्काजाम गर्ने चेतावनी दिएका छन् ।

चमेलिया विद्युत छेउमै हुँदा पनि हालसम्म विद्युत बाल्न नसक्नु विद्युत प्राधिकरण र ठेकेदारको चरम लापर्वाही भएको भन्दै स्थानीयहरुले तत्काल विद्युत नबाले आन्दोलन गर्ने चेतावनी दिएका हुन् । अहिलेसम्म शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६, ७ र ८ तथा मालिकार्जुन गाउँपालिकाको वडा नम्बर २, ३ र ९ मा विद्युतीकरण नभएको भन्दै स्थानीयले आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

उनीहरुले लक्ष्मी पूजाको दिनसम्म विद्युत बाल्न नसके कात्तिक ३० गते विद्यूत प्राधिकरण घेराउ तथा मंसिर ३ गतेदेखि गाउँपालिका र नगरपालिका कार्यालय तथा सडक जाम जस्ता चरणबद्ध बिरोध कार्यक्रम गर्ने चेतावनी दिएका छन् । २८ जना स्थानीयले जिल्लामा उत्पादन भएको चमेलियाको विद्युत चमेलिया छेउछाउका नागरिकले नपाएको भन्दै उनीहरुले माग पूरा नभए सडकसमेत चक्काजाम गर्ने चेतावनी दिएका छन् । मध्यान्हमा खबर छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *