बुद्धशान्ति । नेकपा झापाका जिल्ला सदस्य एवम् बुद्धशान्ति – ४ का वडासदस्य इन्द्र अधिकारी र एमाले नेता सुर्य अधिकारी नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन्। नेपाली काङ्ग्रेस बुद्धशान्ति गाउँपलिकाले सोमबार बुधबारेमा आयोजना गरेको एक कार्यक्रममा उनीहरुले पार्टी प्रबेश गरेका हुन्।
पार्टी प्रबेशपछि बोल्दै नेता अधिकारीले एमाले भित्र धेरै जालझेल भएको भन्दै प्रजातान्त्रिक बाटो रोजेको बताएका थिए।
गाउँसमितिले आयोजना गरेको अन्र्तरकृयात्मक अभिमुखिकरण कार्यक्रममा जिल्ला सचिव कृष्ण हुमागाईं र एम सि सि बारे अधिबक्ता भरत प्रसाईंले सहजीकरण गरेका थिए।
गाउँपालिका सभापति चक्र शेर्माको सभापतित्व र नेका। झापा सभापति देउकुमार थेवेको प्रमुख आतित्थ्यतामा भएको सो कार्यक्रममा उपसभापति केशवराज पाण्डेले शुभकामना मन्तब्य राखेका थिए।