Search
Close this search box.
Search
Close this search box.

विप्लवले सरकारविरुद्ध आन्दोलन गर्ने ।

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध आन्दोलन घोषणा गरेको छ ।

सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेको, जनताको स्वास्थ्यमा खेलवाड गरेको र सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै यही कात्तिक १५ गतेदेखि २० गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

कात्तिक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण गर्ने र २० गते विरोध जुलुस निकाल्ने नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

EPIC
EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar