विश्वमा थप २ लाख ५० हजारभन्दा बढी संक्रमित कोरोनामुक्त

काठमाडौं। गत २४ घण्टामा विश्वभर २ लाख ५० हजार २४ संक्रमितले कोरोनालाई जितेका छन्। उनीहरू उपचारपछि कोरोनामुक्त भएका हुन्।

EPIC

यससँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या तीन करोड ५७ लाख ८० हजार २५५ पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ७०।५५ प्रतिशत हो।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या १२ लाख ६१ हजार ६७४ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या एक करोड ३६ लाख ७६ हजार ४३७ रहेको छ।नेपालमा शुक्रबार थप दुई हजार ८१२ सहित कूल एक लाख ५७ हजार ९२६ जना उपचारपछि निको भइसकेका छन्। यहाँ सक्रिय संक्रमितको संख्या हाल ३५ हजार ४१९ रहेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा सबैभन्दा बढी ७९ लाख १५ हजार ६६० जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि पाँच लाख ११ हजारभन्दा बढी सक्रिय संक्रमित छन्। विश्वमै संक्रमित धेरै हुने देशमध्ये पहिलो स्थानमा रहेको अमेरिकामा आजसम्म ६४ लाख ८१ हजार ७५५ जना उपचारपछि कोरोनामुक्त भएका छन्। अमेरिकामा हाल ३५ लाख ६० हजारभन्दा बढी सक्रिय केस रहेका छन्।

EPIC EPIC EPIC

यसैगरी ब्राजिलमा निको हुनेको संख्या ५० लाख ६४ हजार ३४४ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या चार लाख ३७ हजार ३७४ रहेको तथ्यांक छ।

EPIC

संक्रमित धेरै हुने मुलुकहरू रसियामा १३ लाख २४ हजार ४१९, कोलम्बियामा १० लाख ३८ हजार ८२, पेरूमा आठ लाख ४३ हजार ६००, अर्जेन्टिनामा १० लाख ६२ हजार ९११, दक्षिण अफ्रिकामा ६ लाख ७९ हजार ६८८, मेक्सिकोमा सात लाख १० हजार ९४०, इरानमा पाँच लाख २० हजार ३२९, जर्मनीमा चार लाख १९ हजार २०० तथा इटलीमा तीन लाख ३५ हजार ७४ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar