विहार विधानसभा निर्वाचनमा बीजेपीसहितको गठबन्धनलाई बहुमत

एजेन्सी, काठमाडौँ । बिहार विधानसभा चुनावमा फेरि एनडीएलाई सरकार बनाउने जनादेश प्राप्त भएको छ। विधानसभाका २४३ सिटका लागि निर्वाचन भएको थियो। बिहारमा सरकार बनाउनको लागि १२२ सिटको बहुमत आवश्यक हुन्छ। एनडीएले १२५ सिटमा विजय हाँसिल गरेको छ। एनडीएलाई टक्कर दिने महागठवन्धन बहुमत भन्दा थोरै पछि छ। महागठवन्धनले ११० सिट ल्याएको छ। जेडीयूले ४३ सिट प्राप्त गरेको छ।

EPIC

सांसद असदुद्दीन ओवैसीको पार्टी अल इन्डिया मजलिस-ए-इत्तेहादुल मुस्लमीनले पाँच सिट हाँसिल गरेको छ। बहुजन समाज पार्टीले एक सिट ल्याएको छ।

जेडीयूको विरोध गर्दै एक्लै चुनावी मैदानमा उत्रिएको चिराग पासपानको लोक जनशक्ति पार्टीले एक सिट ल्याएको छ। एक सिटलाई निर्दलीयको रुपमा लिने गरिन्छ।

महागठबन्धनको अगुवाई गर्ने राष्ट्रिय जनता दल (आरजेडी) ७५ सिटका साथ सबैभन्दा ठूलो पार्टी बनेको छ। भारतीय जनता पार्टी (बीजेपी) ७४ सिटका साथ दोस्रो ठूलो पार्टी बनेको छ। २०१५ मा आरजेडीले ८० र बीजेपीले ५३ सिट ल्याएका थिए।

EPIC EPIC EPIC

बीजेपी र अन्य सहयोगी दलको राम्रो नतिजाका कारण एनडीएले बहुमत प्राप्त गरे पनि मुख्यमन्त्री नीतीश कुमारको पार्टी जेडीयूको प्रदर्शन उत्सिहत गर्ने खालको रहेन। २०१५ मा ७१ सिट जितेको जेडीयूले यो पटक ४३ सिट मात्र हासिल गर्यो। २०१५ मा २७ सिट ल्याएको कांग्रेस यो पटक १९ सिटमा सिमित भयो।

EPIC

एनडीएमा जेडीयू, बीजेपी, हिन्दुस्तानी अवाम मोर्चा (हम) र विकासशील इन्सान पार्टी (वीआईपी) रहेका छन्। महागठवन्धनमा आरजेडी, कांग्रेस र तीन बामपन्थी पार्टी कम्युनिस्ट पार्टी अफ इन्डिया (सीपीआई), कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्सवादी) अर्थात सीपीएम र कम्युनिस्ट पार्टी अफ इन्डिया लेनिनवादी (लिबरेशन) छन्। लोक जनशक्ति पार्टी एनडीको हिस्सा भए पनि बिहारमा उसले एक्लै चुनाव लडेको थियो।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar