झापा– शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । हिजो ज्वरो आएपछि अस्पताल भर्ना भएका पोखरेललाई संक्रमण देखिएको हो ।
मन्त्री पोखरेलका प्रेस सल्लाहकार सुनिल खड्काका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य छ । उनी उपचारका क्रममा छन् । यसअघि हिजो पर्यटनमन्त्री योगेश भट्टराई संक्रमित भएका थिए ।