शिक्षित आमाले नै गराउँदैनन् स्तनपान

झापा (पालिका सन्देश) । शिक्षित महिलाहरूले नै नवजात शिशुलाई पर्याप्त स्तनपान नगराउने गरेको तथ्य सार्वजनिक भएको छ । सहरी क्षेत्रमा शिक्षित आमामै घट्दो स्तनपान, खोटाङको तथ्याङ्कले देखायो चिन्ताजनक अवस्थामा । शिक्षित र सचेत मानिने आमाहरूमा समेत शिशुलाई आवश्यक मात्रामा स्तनपान गराउने दर सन्तोषजनक नरहेको तथ्याङ्कले देखाएको हो ।


जिल्ला स्वास्थ्य कार्यालय खोटाङले आयोजना गरेको ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण, नियन्त्रण) ऐन, २०४९ तथा यसको मुख्य प्रावधान’ सम्बन्धी पत्रकार अभिमुखीकरण कार्यक्रममा प्रस्तुत तथ्याङ्कले यस्तो अवस्था उजागर गरेको हो । स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीका अनुसार आधारभूत शिक्षा हासिल गरेका ६१ प्रतिशत र माध्यमिक तहसम्म अध्ययन गरेका ५३ प्रतिशत आमाले नवजात शिशुलाई पर्याप्त स्तनपान गराएका छैनन्। उच्च शिक्षा हासिल गरेका ४९ प्रतिशत आमाले भने शिशुलाई स्तनपान गराउनुको सट्टा दूधदानी (फिडिङ बोतल) को प्रयोग गर्ने गरेको तथ्याङ्कमा उल्लेख छ ।

EPIC EPIC EPIC


प्रदेशस्तरको तथ्याङ्कअनुसार शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने आमाको संख्या ४७ प्रतिशत मात्र रहेको छ भने ६ महिनासम्म पूर्ण स्तनपान गराउने दर ५३ प्रतिशत छ । यद्यपि खोटाङको अवस्था भने तुलनात्मक रूपमा राम्रो रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८२÷८३ को तथ्याङ्कअनुसार खोटाङमा शिशु जन्मिएको एक घण्टाभित्र ९८.६५ प्रतिशत आमाले स्तनपान सुरु गराउने गरेका छन् भने ७३.०१ प्रतिशत शिशुले ६ महिनासम्म पूर्ण स्तनपान पाउने गरेका छन्। स्वास्थ्य संस्थामै सुत्केरी हुने महिलाहरूमा नियमित स्तनपान गराउने दर बढी रहेको तथ्याङ्कले देखाएको छ । सन् २०२२ मा सार्वजनिक तथ्याङ्कअनुसार सन् २००२ मा २२ प्रतिशत आमाले शिशुलाई दूधदानीबाट दूध खुवाउने गरेका थिए। पछिल्ला वर्षहरूमा दूधदानीको प्रयोग बढ्दै जानुले शिशु स्वास्थ्यमा थप चुनौती सिर्जना गर्न सक्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च