श्रीमानसँगको झगडामा आमाले गरिन् २ छोरीको हत्या

सुर्खेत । सल्यानको बनगाड कुपिण्डे नगरपालिका ११ सिस्नेपाल गाउँमा दुई नाबालिका आफ्नै घरभित्र मृत फेला परेका छन् । 

सल्यान प्रहरीका अनुसार ३ वर्षीया करिश्मा राना र र ६ महिनाकी राघवी रानाको हत्या आशङ्कामा उनीहरुकै आमा २६ वर्षीया पूर्णिमा रानामगर पक्राउ परेकी छिन् ।

EPIC EPIC EPIC EPIC EPIC

प्रारम्भीक अनुसन्धानका क्रममा आफूलेनै रिसको झोकमा छोरीहरुको हत्या गरेको स्विकार गरेको प्रहरीले जनाएको छ । नुवाकोटमा काम गर्दै आएका श्रीमान टेकमान रानासँग फोनमा झगडा भएपछि छोरीहरुलाई मारेर आफू पनि मर्ने उदेश्यले दुई छोरीको हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक केशरकुमार न्यौपानेले बताए । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *