Search
Close this search box.
Search
Close this search box.

सगरमाथाको उचाइ नाप्ने काम सकियो, नयाँ उचाइ छिट्टै घोषणा हुने

काठमाडौं । सरकारले विश्वको सर्वाेच्च शिखर सगरमाथाको नयाँ उचाइको घोषणा छिट्टै नै गर्ने भएको छ । सगरमाथाको उचाइ मापनको काम सम्पन्न भई घोषणाको तयारी भइरहेको भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयले जनाएको छ ।

 
सगरमाथाको उचाइ मापनको क्रममा लेबलिङ, ग्रेभिटी, सगरमाथाको शिखरको जीपीएस अबजर्भेसन, तथ्याङ्कहरूको प्रोसेसिङ गर्ने तथा त्रुटिहरूलाई हटाउने काम भैसकेका छन् । एक महिनाभित्रमा नै सगरमाथाको उचाइ घोषणा गर्ने गरी तयारी भइरहेको नापी विभागले जनाएको छ ।

 
मित्र राष्ट्र चीनसँग जोडिएको विषय भएकाले परराष्ट्र मन्त्रालयमार्फत कूूटनीतिक माध्यमबाट गरिने कामहरू अहिले भैरहेको छ । गत वर्ष चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा संयुक्त रूपमा सगरमाथाको उचाइ घोषणा गर्ने दुई मुलुकबीच सहमति भएको थियो ।

अहिलेसम्म सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर हो  । २०७२ सालमा गएको भूकम्प लगायत अन्य कारणले समेत उचाइमा केही कमबेसी हुन सक्ने भएकाले सगरमाथाको पुनः मापन शुरु गरिएको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *