Search
Close this search box.
Search
Close this search box.

सडक दुर्घटनामा निधन भएका भद्रपुरकी पूर्वमेयरका छोरा निश्चलको पशुपति आर्यघाटमा अन्त्यष्टी

काठमाडौं | सडक दुर्घटनामा परि निधन भएका भद्रपुर नगरपालिकाकी पुर्व उपमेयर चन्द्रमाया श्रेष्ठका ३१ बर्षिय छोरा निश्चल राजभण्डारीको काठमाडौँ पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ |
अन्तिम श्रद्धाञ्जली सभामा बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईं, नेताहरु झलनाथ खनाल, घनश्याम भुषाल, अग्नि खरेल कृष्ण सिटौला लगायतको उपस्थिति रहेको थियो |

भद्रपुर- ८ निवासी निश्चल र उनकी श्रीमती पूजा राजभण्डारी तीनदिन अघि भक्तपुरको सानोठिमीमा स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । घाइतेमध्ये निश्चलको नर्भिक हस्पिटलमा सघन उपचारकक्षमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । निश्चल चन्द्रमायाका एक्लो सन्तान थिए |

EPIC EPIC EPIC

पूजाको उपचार भइरहेको छ । निश्चल र पूजा अध्ययनका लागि अस्ट्रेलियामा बसेर केही दिन अघि मात्रै भद्रपुर घर आएका थिए । दुवै जना बिहीबार रातिको अस्ट्रेलिया उड्ने योजनामा थिए । अस्ट्रेलिया जानु अघि उनीहरू बजारबाट सामान किनेर भक्तपुरको निजी निवासमा फर्कने क्रममा कुकुरले सडकमा अवरोध पुर्‍याएपछि स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *