Search
Close this search box.
Search
Close this search box.

सस्तोमा डलर सटहीको प्रलोभन देखाएर १० लाख ठगी

१९ असोज, काठमाडौं । सस्तो मूल्यमा अमेरिकी डलर सटही गरिदिन्छु भनेर ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका श्रीखण्ड तामाङ, हर्क तामाङ, चैते भन्ने बुद्धिबहादुर तामाङ र गोविन्द तामाङ छन् ।

काभ्रेका प्रहरी प्रमुख एसपी रविराज पौडेलका अनुसार उनीहरुको गिरिोहले नुवाकोटको पेन्जोम शेर्पालाई २० असारमा १७ हजार अमेरिकी डलर भेट्टाएको भन्दै सस्तोमा दिने प्रलोभन देखाएका थिए । लामो बार्गेनिङपछि १२ साउनमा पाँचखालको लामीडाँडामा शेर्पालाई बोलाएर १० लाख रुपैयाँ लिएर उनीहरुले रुमालमा बाँधिएको पोको दिएका थिए ।

EPIC EPIC

‘तत्काल पोको खोले अरुले देख्ने र प्रहरीले थाहा पाए अफ्ठ्यारो पर्ने भन्दै हेर्न नदिइएको पाइएको छ’, पौडेलले भने, ‘पछि हेर्दा रुमालभित्र कागजको बिटो मात्र पाइएपछि प्रहरी कहाँ उजुरी परेको थियो ।’

यही गिरोहले अन्य व्यक्तिलाई पनि ठगेको हुनसक्ने प्रहरी आशंका छ । त्यसैले यस प्रकारका घटना कसैसँग भएको भए, खबर गरिदिन प्रहरीले अनुरोध गरेको छ । थप अनुसन्धान जारी छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *