Search
Close this search box.
Search
Close this search box.

सिटी सेन्टरमा फुड फेस्टिभल हुने

झापा ।बिर्तामोडको सिटी सेन्टरमा फुड फेस्टिभल हुने भएको छ ।

कोरोना संक्रमणका कारण घटेको व्यापार व्यवसायलाई प्रोत्साहन गर्ने उद्धेश्यले बिर्तामोडको सिटी सेन्टरमा यही माघ १७ देखि २० गतेसम्म चारदिने फुड फेस्टिभल तथा बम्पर सेल राखिने भएको हो ।

बिर्तामोड सिटी सेन्टर एण्ड इन्भेष्टमेन्ट कम्पनी प्रालिअन्तर्गतको बिर्तामोड सिटी सेन्टरले सो आयोजना गर्न लागेको जनाएको छ । फेस्टिभलमा १५ वटा स्टल रहने बिर्तामोड सिटी सेन्टर एण्ड इन्भेष्टमेन्ट कम्पनी प्रालिका अध्यक्ष घनेन्द्रकुमार पाण्डेले बताए ।

उनले दिउँसो १ देखि साँझ ७ बजेसम्म राष्ट्रिय,अन्तराष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतीसहित ग्राहकहरुले फुड फेस्टिभलको मज्जा लिन सक्ने बताए ।उनले सिटी सेन्टरमा संचालित व्यापार व्यवसायमा ५ देखि ५० प्रतिशत छुटको व्यवस्था मिलाइएको जानकारी दिए ।

त्यसैगरी अर्का संचालक हिमालय प्रसाईले झापा जिल्लामै पहिलोपटक १५ हजारभन्दा बढी बेलुनले सिटी सेन्टरलाई सजाएर फुड फेस्टिभल तथा बम्पर सेल आयोजना गरिएको बताए । उनले चार दिनसम्म चल्ने फुड फेस्टिभलको पहिलो दिन ख्यातिप्राप्त गायक तथा प्रखर वक्ता रमेश प्रसाईको उपस्थिति रहने बताउँदै क्षितिज संगीत साधना प्रतिष्ठान, अन्तराष्ट्रिय बैण्ड भायोलेटको पनि प्रस्तुती रहने जानकारी दिए ।

कार्यक्रममा सिटी सेन्टरका अन्य संचालकहरु दिपेन्द्र राउत , लक्ष्मण बस्नेतले पनि फुड फेस्टिभलको तयारीका बारेमा जानकारी दिएका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *