काठमाडौं। उदयपुरको कटारी नगरपालिका वडा नम्बर-८ स्थित सौर्य सिमेन्टको खानी क्षेत्रमा गएराति बम विस्फोट गराइएको घटनामा नेत्रविक्रम चन्द ’विप्लव’ समूहको संलग्नता रहेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।
यद्यपी घटनाबारे कसैले अहिलेसम्म जिम्मेवारी लिएको छैन। प्रहरीले अनुसन्धान थालेको र संलग्नहरूको खोजीको लागि टोली परिचालन गरिसकिएको उदयपुर प्रहरी प्रवक्ता इन्सपेक्टर छिरिङ शेर्पाले बताए।