सुदूरपश्चिममा देउसीभैलो खेल्न रोक

कैलाली । कोरोना संक्रमण भयावह अवस्थामा फैलिने खतरा बढेको भन्दै सुदूरपश्चिम प्रदेशमा देउसी भैलो खेल्न रोक लगाइएको छ ।

EPIC

प्रदेशमा रहेको ९ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयले तिहारमा खेलिने देउसी भैलोमा रोक लगाएका हुन् ।

‘सम्बन्धी जिल्ला प्रहरी कार्यालयहरूले यसको नियमन गर्नेछन् । हामीले सबै जिल्लामा देउसी-भैलो खेल्न नदिन निर्देशन जारी गरिसकेका छौँ,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले भने, ‘निर्देशन पालना नगर्नेलाई कारबाही हुन्छ ।’

पहाडी जिल्लाहरूमा हुने मेला, जात पनि नगर्न प्रहरी निर्देशन दिएको छ । ‘प्रहरीको विशेष सुरक्षा रणनीति अनुसार देउसी-भैलो मात्रै होइन, भिडभाड हुने कुनै पनि गतिविधि नगर्न भनिएको छ,’ उनले भने । कैलालीमा बुधवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले पूर्णरूपमा रोक लगाउने निर्णय गरेको थियो ।

EPIC EPIC EPIC

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले सुरक्षा सतर्कता अपनाउन देउसी- भैलोमा खेल्न लगाइएको जानकारी दिए ।

EPIC

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar