Search
Close this search box.
Search
Close this search box.

सूर्यदर्शन सहकारी ठगी मुद्दामा जाहेरीवालाको बयान सकियो, भोलीदेखि प्रतिवादीको बहस सुरु हुने

पोखरा, १८ पुस । सूर्यदर्शन सहकारी ठगी मुद्दामा आजबाट सुरु भएको जाहेरीवालाको बयान आज सकिएको छ ।

हिजोसम्म सो मुद्दामा थुनछेक बहस भएको र सो सकिएकाले आजवाट जाहेरीवालाहरूको बहस सुरू भएको थियो, बहस नसकिएकाले भोली पनि जारी रहनेछ ।

EPIC EPIC EPIC

आज जाहेरीवालाको तर्फवाट वरिष्ठ अधिवक्ताद्वय दीनेश त्रिपाठी, डा. सुरेन्द्र भण्डारीसहित अधिवक्ता बेदबहादुर विष्ट, रामचन्द्र गौतम, युवराज पराजुली र हरि कट्टेलले बहस गरेका थिए ।

जिल्ला अदालत कास्कीका अनुसार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेसहितको मुद्दामा बहस भइरहेको छ ।

हिजो सरकारी वकिलका तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले, सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी, उपन्यायाधिवक्ता प्रकाश गौतम र नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, सहायक न्यायाधिवक्ता सुजता पौडेलले बहस गरेका थिए ।

सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको बहस सकिए पछि आजबाट जाहेरवालाको तर्फबाट बहस सुरू भएको कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

उनका अनुसार जाहेरवालाको बहसपछि प्रतिवादीको तर्फबाट बहस हुने र जवाफी बहस भने उच्च सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताले गर्नेछन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *