Search
Close this search box.
Search
Close this search box.

सोलुखुम्बुमा भालुको आक्रमणबाट एक जनाको मृत्यु

सोलुखुम्बु। सोलुखुम्बुमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको महाकुलुङ गाउँपालिका २ पेल्माङका ५६ वर्षीय जसधन राई रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार आज मंगलबार बिहान अन्दाजी ९ बजे आफ्नै घर नजिकैको मकै बारीमा जाने क्रममा राईलाई भालुले आक्रमण गरेको हो ।
भालुको आक्रमणबाट सख्त घाईते भएका रार्ईको महाकुलुङ प्राथमिक अस्पताल बुङमा उपचारको क्रममा ज्यान गएको प्रहरी निरीक्षक मिश्रले बताउनुभयो । उहाँको टाउको, घाँटीसहित शरिरको विभिन्न भागमा चोट लागेको थियो । मृतकको शव पोष्ट मार्टमका लागि प्राथमिक अस्पताल सोताङमा राखिएको छ ।
यससँगै यस सिजनमा एउटै पालिकामा भालुको आक्रमणबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ । यस अघि गत भदौ ३० गते महाकुलुङ गाउँपालिका–१ खिरौलेका ५३ वर्षीय पेम्बा वाङ्छु शेर्पा रहेको पनि भालुको आक्रमणबाट ज्यान मृत्यु भएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *