भद्रपुर। झापाको भद्रपुर नगरपालिका वडा नम्बर १ मा १४ वर्षीया नाबालिगलाई बाटो छेकेर अश्लील हर्कत देखाएको आरोपमा स्थानीय ४० वर्षीय मंगल टुडु पक्राउ परेका छन्।
गत पुस १३ गते बिहान करिब १० बजे विद्यालय जाँदै गरेकी नाबालिगलाई बाटो छेक्ने, जिस्क्याउने र आफूले लगाएको कट्टु खोली संवेदनशील अंग देखाई हैरानी दिएको आरोपमा निजलाई पुस १४ गते इलाका प्रहरी कार्यालय पृथ्वीनगरको टोलीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान अघि बढाइएका टुडुलाई मुलुकी अपराध संहिता २०७४ को करणी सम्बन्धी कसूर अन्तर्गत बाल यौन दुर्व्यवहार मुद्दामा कारबाहीका लागि सम्मानित जिल्ला अदालत झापाबाट आज पहिलो पटक ५ दिनको म्याद थप गरिएको छ।
अभियुक्त टुडुले यसअघि पनि सार्वजनिक स्थानहरूमा विद्यार्थीहरूलाई संवेदनशील अंग देखाउने र अश्लील हर्कत गरी हैरानी दिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।



















