Search
Close this search box.
Search
Close this search box.

स्थानीय तहका कर्मचारीहरुले निजामती सेवा दिवस नमनाउने घोषणा

काठमाडौं । दुई दर्जनभन्दा स्थानीय तहका कर्मचारीहरुले भोलि बिहीबार मनाइने निजामती सेवा दिवस नमनाउने घोषणा गरेका छन् । संघीय निजामती ऐनलाई एकीकृत निजामती सेवा ऐन ल्याउनुपर्ने माग गर्दै विभिन्न स्थानीय तहमा कार्यरत कर्मचारीले भोलिका लागि विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् ।

स्थानीय तहमा कार्यरत कर्मचारीको वृत्ति विकासमा पर्याप्त ध्यान नपुर्याई संघीय निजामती सेवा विधेयकको मस्यौदा तयार गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

EPIC

स्थानीय तहका कर्मचारीहरुको सेवा सुविधा न्यायोचित हुनुपर्ने भन्दै धेरै स्थानीय तहका कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर विरोध जनाउने घोषणा गरेका छन् । उनीहरुले सेवा समूहको आधारमा सरकारी सेवा स्थानीय तहबाट मात्रै सरकारी सेवा प्रवेशको बाटो खोल्नुपर्ने माग गरेका छन् ।

संघीय ऐनले नै अन्तरप्रदेश सरुवाको बाटो खोल्नुपर्ने, निजामती अस्पतालमा सबै कर्मचारी र उनीहरुका परिवारलाई उपचार सुविधा दिनुपर्ने, सरुवा चक्रीय प्रणालीमा व्यवस्थापन गर्नुपर्ने र स्थानीय तहका पुरानै कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत हुन पाउने व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।