Search
Close this search box.
Search
Close this search box.

स्वास्थ्य सेवाका सातौं र आठौं तहसहित लोक सेवाले माग्यो तीन सय पदमा दरखास्त

काठमाडौं । लोक सेवा आयोगले स्वास्थ्य सेवाका सातौं र आठौं तहका पदसहित करिब तीन सय पदका लागि दरखास्त आह्वान गरेको छ।

आयोगले बुधबार सूचना निकाल्दै राजपत्रांकित तृतीय श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका सातौं र आठौं तहका पदमा खुला र समावेशीतर्फ लिखित परीक्षाको विज्ञापन गरेको छ।

सूचना अनुसार दरखास्त मंसिर १६ गतेसम्म दिइसक्नुपर्ने छ। निजामति सेवातर्फ २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र स्वास्थ्य सेवातर्फ २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। आयोगले परीक्षा मिति भने पछि तय गरिने जनाएको छ। आयोगका अनुसार ३० प्रतिशत आन्तरिक बढुवा र बाँकी खुलाबाट यी पदमा पदपूर्ति गरिनेछ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *