हल्दिबारीका युवकको सुतिरहेकै अवस्थामा सर्पदंशबाट मृत्यु

झापा। हल्दिवारीका एक युवकको बिषालु सर्पले डस्दा मृत्यु भएको छ ।

हल्दिबारी गाउँपालिका–२ घर भई हाल मोरङ रतुवामाई–९ का राम भट्टराईको ट्रयाक्टरमा काम गर्दै आएका २२ वर्षीय सुदीप यादव गएराति मृत अवस्थामा फेला परेका थिए । राति मनोज कर्मकारको घरमा रहेको बाँसको चौतारामा सुतेका यादव बिहानीपख मृत अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार उनको मुखबाट फिँज निस्किएको अवस्थामा शव भेटिएको थियो।

EPIC EPIC EPIC EPIC EPIC

शव परीक्षणका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएपछि डाक्टरले मृतकको खुट्टाको तल सर्पले टोकेको जस्तो दाग देखिएको बताएका छन्। तर यथार्थ कारण भने पोस्टमार्टम रिपोर्टपछि मात्र पुष्टि हुने अस्पताल स्रोतले जनाएको छ। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *