हल्दिबारी। नेपाली कांग्रेसका हल्दिबारी सभापति गंगा प्रसाद प्रसाईंको परिवारमाथि हत्या प्रयास गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ।
बिर्तामोड-९ निवासी दीपक पौडेलले प्रसाईं र उनकी बुहारीको चरित्र हत्या गर्ने गरी सामाजिक सञ्जालमा निरन्तर पोस्ट गर्दै आएका थिए। साउदी अरबमा रोजगारको क्रममा रहेका पौडेलले साइबर ब्युरो र नेपाली दूतावासमा उजुरी परेपछि भारत हुँदै नेपाल आएका थिए। नेपाल आएपछि उनले प्रसाईं परिवारमाथि आक्रमणको योजना बनाएर उनीहरूको घरमा हत्या प्रयास गरेका थिए।
स्थानीयको सहयोगमा दीपकलाई नियन्त्रणमा लिइएको छ भने झापा जिल्ला प्रहरीको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ।
घटनामा प्रयोग भएको सिक्कल र दीपकले चलाएको होन्डा मोटरसाइकल (प्र.१-०१-०१२-प५५७३) समेत प्रहरीले नियन्त्रणमा लिएको छ।