Search
Close this search box.
Search
Close this search box.

हात्ती समस्या सामाधान गर

editorial

दिनभरी जङ्गल बस्ने र साँझ परेपछि बस्ती आउने हात्तीले घरभित्र थन्काइएको र खेतबारीमा लगाइएको अन्नबालीमा मात्रै क्षति नगरेर मान्छे नै मार्ने गरेको छ । एकसाता अघि बुद्धशान्ति गाउँपालिका वडा नम्बर–५ का भिमबहादुर भट्टराईले हात्तीको आक्रमणमा परी ज्यान गुमाए । ६ महिना अघि उनकै छिमेकी १५ बर्षिय अजित तामाङको हात्ती धपाउन निस्कदा सर्पको डसाईले ज्यान गयो । गत भदौ १७ गते सोही वडाकी सम्झना श्रेष्ठको धुलाबारीबाट स्कुटरमा घर फर्कने क्रममा हात्तीको आक्रमणमा परी ज्यान गुमाइन् ।

पछिल्लो ५ बर्षमा बुद्धशान्तिमा ५ जनाको ज्यान गएको छ । झापामा मात्रै १० बर्ष यता चालु आर्थिक बर्षमा ५ जना गरी ५९ जनाले ज्यान गुमाईसकेका छन् । यहाँका नागरिकले धेरै बर्षदेखी अन्नबाली सग्लै भित्र्याउन सकेका छैनन् । हरेक साँझ आउने हात्तीले धान, मकै, गहुँ र केरा सखाप पारिरहँदा निरिह बनेर हेर्नु बाहेक अर्को विकल्प छैन । मानव–हात्ती द्वन्द बढ्न थालेको भर्खरै भने होइन । चार दशकअघि जंगल मासेर मानव बस्ती विस्तार हुँदा बाहुनडाँगी र शान्तिनगरबाट जंगली हात्तीको उपद्रो सुरु भएको थियो । त्यसयता विस्तारित मानव–हात्ती द्वन्द्व दक्षीणको कचनकबल र पश्चिमको दमक हुँदै कोशीटप्पुसम्म फैलीसकेको छ । आँफुले लगाएको अन्नबाली जोगाउने क्रममा कृषकको ज्यान समेत गइरहेको छ भने आफ्नो उब्जाउ र मानवीय क्षती कम गर्न असावधानिपुर्वक उपाय चाल्दा हात्तिको मृत्युदर गम्भीर समस्या बनेको छ ।

मानवीय र धनमाल क्षतिको ग्राफ उकालिँदै सँगै दुइबिचको द्वन्दका कारण हात्तिको हताहतीको संख्या पनि बढ्दो छ । पछिल्लो दश बर्षमा झापामा मात्रै १६ वटा हात्ती मारिएका छन् । चालु आर्थिक बर्षमा मात्रै ३ वटा हात्ती विद्युतिय झट्काका कारण मारिएको तथ्यांक छ । जिल्ला वन कार्यालय र स्थानीय सामुदायिक वनले बिद्युतिय घेराबेरा बारे स्पष्ट पार्न नसक्दा नाङ्गो तारमा परी धेरैले ज्यान गुमाईसकेका छन् । गाउँमा गौँडा गौँडा बाट हुल हात्ती आउने गरेपछि हात्ती प्रभावित बस्तीका मानिसहरू भोक र निन्द्रा हराउँदै घरमा बस्न पाउँदैनन् । साँझ पर्नासाथ तैनाथमा रहँदा रहँदै पनि हात्तीका कारण मान्छे मर्ने दुर्घटना र क्षति रोकिएको छैन । राष्ट्रिय सरोकारको मुद्दा बन्दै गएको हात्ती समस्याबारे गाउँपालिकासँग कुनै अभिलेख रहेको भने पाइदैन ।

हात्तीबाट हुने क्षति दीर्घकालीन रुपमा समाधान गर्न स्थानीय पालिका र डिभिजन वन कार्यालय भएतापनि हालसम्म कुनै उपाय सुल्झिन सकेको छैन । गत बर्ष सम्पन्न स्थानीय र संघिय निर्वाचन ताका गुन्जिएको हात्ती नियन्त्रणको मुद्दा यतिबेला सुनसान छ । चुनावताका मात्रै यस्ता मुद्दा उठ्ने गरेका छन् । चुनाव पछि सेलाएर जान्छन् । हात्तीको उपद्रोबाट आजित स्थानीय बासीलाई सुरक्षित राख्न स्थानीय पालिका र वन कार्यालयले दीर्घकालिन योजना बनाएरै अगाडि बढ्नुपर्ने हुन्छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *